10 नवम्बर 2021
हलिउड गायिका मारिलियाको मेन्डोकाको विमान दुर्घटनामा मृत्यु भएको छ। ब्राजिलमा जन्मिएकी २६ वर्षिया गायिकाको विमानमा ब्राजिलकै गोवानिया शहरबाट काराटिगां शहरमा सांगीतिक कार्यक्रममा जाँदै गर्दा विमान दुर्घटनामा परेपछि मृत्यु भएको हो। संचार माध्यमका अनुसार सो दुर्घटनामा परि उनीसहित उनको एक अफन्त, निर्माता र दुई जनाक्रु मेम्बरको भएको छ । किशोरावस्थादेखि नै गीत–संगीतमा लागेकी उनी सन् २०१६ मा हलिउडकी चर्चित स्टार बनेकी थिइन्। उनलाई क्विन अफ सफरिङ उपनामले पनि चिनिन्थ्यो । उनी आफ्नो गीत–संगीतमा प्रेम तथा वैवाहिक सम्बन्धमा असफल भएका महिलाको भोगाइलाई प्राथमिकता दिने गर्थिन् ।









































