HomeFeatureगाजियाबादसहित दिल्लीबाट उद्धार गरिएका 24 जना बालबालिकाले भेट्न पाए परिवार, सुकशल घर...

गाजियाबादसहित दिल्लीबाट उद्धार गरिएका 24 जना बालबालिकाले भेट्न पाए परिवार, सुकशल घर फिर्ता

नयाँ दिल्ली, 21 अक्टोबर

भारतको गाजियावादबाट उद्धार गरिएका 19 जना र दिल्लीबाट उद्धार गरिएका 5 जनासहित 24 जनालाई परिवारको जिम्मा लगाउनका लागि भन्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा लगाइएको छ । भारतको उत्तर प्रदेशस्थित गाजियाबादबाट गत 28 सेप्टेम्बरका दिन उद्धार गरिएका 19 बालक र दिल्लीबाट उद्धार गरिएका ४ किशोरीसहित 5 जनालाई मंगलबार सुनौली बोर्डरमा मन्त्रालयको जिम्मा लगाएको आफन्त नेपालका दिल्ली प्रतिनिधि नवीन जोशीले बताउनु भयो ।

गाजियाबादबाट उद्धार गरिएका बालकहरुको उमेर 13 देखि 16 वर्ष रहेको छ । उनिहरुलाई राम्रो रोजगारीमा लगाउने भन्दै भारत पुऱ्याइएको थियो । उनिहरुलाई लिएर आउने 4 जना भने अझै नियन्त्रणमा रहेका छन । उनिहरुविरुद्ध मानव ओसारपसार ऐनविरुद्धको कानून लगाइएको छ ।

उद्धार गरिएका 19 जना सबै नवलपरासी जिल्लाका विभिन्न ठाँउका वासिन्दा हुन । उनिहरुलाई परिवारको मिलेमतोमै भारत लगिएको भन्ने समाचारहरु आएपनि उद्धार गरिएका सबै बालकहरु नाबालक भएका कारण उनिहरुको उद्धार गरि नेपाल फिर्ता पठाइएको हो । दिल्लीबाट उद्धार गरिएका एक बालक सुर्खेतका, २ किशोरी बारा, १ जना रुपन्देही र १ किशोरी पर्वतका रहेका छन्।

घटनापछि उनिहरुको उद्धार र परिवारमा पुनर्मिलनका लागि नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आफ्नो अध्यक्षतामा राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी र आफन्त नेपालको सहभागितामा एक समिति गठन गरेको थियो।

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईका अनुसार गाजियावादमा उद्धार गरिएका १९ बालक र दिल्लीबाट उद्धार गरिएका 4 किशोरीसहित 5 जनालाई दिल्लीस्थित नेपाली दूतावास र आफन्त नेपालको पहलमा सुनौली नाकासम्म ल्याइएको र त्यहाँदेखि मन्त्रालयको रोहवरमा गठीत मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी र आफन्त नेपालका सदस्य सम्मिलित समितिले जिम्मा लिएर परिवारको जिम्मा लगाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...