HomeFeatureपुरुष सांसदहरुबाटै महिला हिंसा हुने गरेको महिला सांसदहरुको खुलासा

पुरुष सांसदहरुबाटै महिला हिंसा हुने गरेको महिला सांसदहरुको खुलासा

काठमाण्डौ, 10 डिसेम्बर 2020

महिला सांसदहरुले पुरुष सांसदहरुबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको खुलासा गरेका छन। लैंगिक न्यायका लागि संघीय सांसदहरुको समूहको बिहीबार सिंहदरबारमा भएको छलफलका क्रममा महिला सांसदहरुले कतिपय पुरुष सांसदहरुबाटै हिंसा हुने गरेको बताएका हुन। राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौडेलले संघीय संसदका पुरुष सांसदहरुबाटै महिला हिंसा भएका उजुरीहरु विभिन्न संघसंस्थामा परेको बताउनुभयो । उजुरी परेपछि सांसदहरुले दवाव दिने गरेको त्यस्ता संघसंस्थाका सञ्चालिकाहरुले आफुसमक्ष बतउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो पीडीतहरुलाई राख्ने संघसंस्थाका सञ्चालिकाहरुले अहिले कै वहालवाला सांसदले पनि महिला हिंसा गरेको उजुरी आएको छ वा पीडीत महिलालाई राखिरहेका छौं र त्यो पीडीत महिलालाई किन राख्नुभयो, मेरो विरुद्धमा किन मुद्दा हाल्नुभयो भनेर बहालवाला संघीय सांसदले हामीलाई थर्काई राख्नुभएको भनेर भन्नुहुन्छ । त्यो एकदमै जटिल कुरा हो ।

महिला सांसदहरुको यो समूहले छाउपडी देखि सांसदबाट हुने हिंसाको विरुद्धमा एकसाथ आवाज उठाउनुपर्ने पनि सांसद पौडेलले बताउनुभयो । यस्तै कतिपय कुराहरुमा महिलाहरुले आफै हिंसा निम्त्याईरहेको पनि उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति समेत रहनु भएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पवित्रा निरौला खरेलले निर्वाचनमा उम्मेदवारी दिने विषयमा समेत महिलाहरु राजनीतिक हिंसामा पर्ने गरेको बताउनुभयो । जित्ने ठाउँमा पुरुष उठने र नजित्ने ठाउँमा महिलालाई उठाएर राजनीतिक रुपमा महिला हिंसा हुने गरेको बताउनुभयो । महिला संसदहरु कानून निर्माण गर्ने थलोमा रहदा समेत हिंसामा पर्दा प्रताडित हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो हामी कानून बनाउनको लागि यो ठाउँमा उभिएका छौं । आइपुगेका छौं । तर हामी पनि आज हिंसामा छौं । आजपनि हामीहरु राजनीतिक हिंसाबाट प्रताडित भइरहेका छौं । आजपनि महिला भन्ने वित्तीकै सभा सम्मेलन गोष्ठीमा बोलाउनुपर्दा पोर्टफोलियोको हिसाब गरिदैन । त्यहाँ पुरुषलाई पहिला बोलाउने र महिलालाई चिट दिएपछि मात्रै बोलाउने काम हुन्छ ।

सांसद निरौलाले निर्वाचन जितेर आएका महिला सांसदहरुलाई पनि विभिन्न मानसिक तनाव दिने गरिएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले अपराध संहिताको दफा २६ मा जवरजस्ती करणी गरेको अवस्थामा महिलाले आत्मरक्षाका लागि प्रतिकार गर्दा पुरुषको मृत्यु भएमा कसुर नलाग्ने उल्लेख भएपनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो । पछिल्लो समय धनकुटामा भएको घटनामा त्यस्तै देखिएको उहाँको भनाई छ ।

नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सरकारले नल्याएका विधेयकहरु महिला सांसदहरु मिलेर गैह्र सरकारी विधेयकका रुपमा संसदमा दर्ता गराउनुपर्ने बताउनुभयो । त्यसका लागि अहिलेको यो समूहले नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो सरकारले ल्याउने विधेयकहरु त छदैछन । गैह्र सरकारी विधेयकहरु हामीले दर्ता गरेर हामी महिलाहरुले साँच्चै यो विधेयक आवश्यक छ । सरकारले यो विधेयक हामीले भनेको जस्तो न्याय दिने खालको विधेयक ल्याएको छैन भने हामीले गैह्र विधेयकका रुपमा सरकारले नल्याएको विधेयक संसदमा दर्ता गराएर त्यसका लागि छलफल गनराउनुपर्छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद विद्या भट्टराईले महिला माथि हुने हिंसालाई अपराधको रुपमा लिनइनुपर्ने बताउनुभयो । तर अहिले हिंसा र अपराधका मुद्दालाई महिला विकासको रुपमा मात्र ब्याख्या गरी कार्यक्रमहरु गरिएकाले हिंसाका घटना भइरहेको बताउनुभयो । यसमा दलहरुबीच छलफल चलाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालकी सांसद प्रमिला कुमारीले नेपाल सरकारका मातहतका समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व नगराउनु पनि महिला विरुद्धको हिंसा भएको बताउनुभयो । संविधानले दिएको व्यवस्था समेत कार्यान्वयनमा नआएको भन्दै महिलाको उपस्थिति बढाउन फेरी संविधान संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

छलफलमा सांसदहरुले राजनीतिक रुपमा नै हिंसा अन्त्य नभएसम्म तल्लो तहमा हुने हिंसाका गतिविधिमा न्यूनीकरण ल्याउन नसकिने बताएका छन् । ऐन कानून बुझेकाहरुबाटै हिंसा भइरहने समाजमा ऐन कानून नबुझेकाबाट हुने हिंसा न्यूनीकरणका लागि धेरै काम गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...