HomeFeature"गोर्खाहरु भारतको गौरव" भन्ने शीर्षकको भित्ते पात्रो विधिवत अनावरण

“गोर्खाहरु भारतको गौरव” भन्ने शीर्षकको भित्ते पात्रो विधिवत अनावरण

नयाँ दिल्ली, 4 मार्च, रुबेन गुरुङ

गोर्खाहरू युगौंदेखि भारतका रैथाने हुँदाहुँदै पनि आफ्नो अस्तित्वलाई बचाएर राख्न सङ्घर्षशील रहेका छन् ।  यसै क्रममा राजधानी दिल्लीमा गोर्खाल्याण्ड संयुक्त  संघर्ष समिति  (साँझा मंच) द्वारा “We The People Pride of India: The Gorkhas”  शीर्षकको भित्ते पात्रो (क्यालेण्डर) को विधिवत अनावरण दिल्ली स्थित इण्डिया गेट नजिक वार मेमोरियलमा गरिएको छ। उक्त क्यालेण्डरलाई पोस्टरको रुपमा देशको विभिन्न राज्यहरुतिर लगाइने कार्यको पनि शुभारम्भ गरिएको छ । यो सम्बन्धमा गोर्खाल्याण्ड संयुक्त संघर्ष समिति  (साझा मंच) अनि फिगाको पक्षबाट अञ्जनी शर्मा भुजेलद्वारा जानकारी गराइएको छ ।

यो क्यालेण्डर निकाल्नु को मुख्य उदेश्य हाम्रा गोर्खाहरुका गौरव  विभिन्न छेत्रमा ख्याती प्राप्त गरेका  प्रबुद्ध व्यक्तित्वहरुबारे जानकारी सम्पूर्ण जन  मानस मा साझा गर्नु हो। हामी यतिका वर्षदेखिनै परिचयको निम्ति संघर्षमा छौं यसर्थ हाम्रो परिचयलाई अझ  दह्रिलो पार्न हाम्रो जातिका परिचायक हाम्रा श्रष्टाहरुबारे जानकारी  गराउन अति अनिवार्य  छ। हाम्रो हुर्कंदो पींढ़ीलाई हाम्रो गौरवबारे अवगत गराउने उदेश्यले यसलाई देश भरिका बिभिन्न पाठशालातिर लगाउने निधो गरिएको छ। हाम्रो जतित्वलाई बचाइराख्न अथवा हाम्रो परिचय र अस्तित्वको सुरक्षा हेतु हाम्रो हुर्कंदो पींढ़ीलाई आफ्नो जातिप्रति गर्वबोध गराउन अति आवश्यक छ। उक्त क्यालेण्डरमा जम्मा १०८ जना देशब्यापी ख्याती प्राप्त गोर्खे व्यक्तित्वहरु, गोर्खे  ऐतिहासिक स्थान इत्यादि बारे जानकारी गराइएको छ।  यसलाई ६ वटा पातोमा  विभक्त गरिएको छ भने प्रत्येक पातो २ महिनामा निकालिने छ।  वर्तमान निकालिएको पातोमा १८ व्यक्तित्व वा स्थानबारे जानकारी दिइएको छ भने अन्य ९० व्यक्तित्व वा स्थानबारेको जानकारी प्रत्येक पातो १८ गरेर ६ पटकमा निस्कनेछ।

उक्त क्यालेन्डरको अनावरण अवधि दिल्लीका सहयोगी संस्था गोर्खा मदर्स वेलफेयर सोसाइटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो भने चित्रकलाका हाम्रा प्रबुद्ध कलाकार श्री बुद्धि थापा ज्युको पनि बिशेष उपस्थिति रहेको थियो। यसलाई देशब्यापी विभिन्न राज्यहरुतिर प्रचार प्रसारको निम्ति त्यहाँका स्थानीय संस्था वा पार्टीहरुसित मिलेर कार्य चलिरहेको छ। साथै कसैले देशको कुनै पनि कुनमा यो जानकारी मूलक पोस्टरलाई प्रचार गर्ने हेतु आफ्नो वरिपरि भएको विद्यालयतिर वा सार्बजनिक स्थानतिर यसलाई लगाउन चाहेको खण्ड उनीहरुले सोझै सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...