गोवा, 14 डिसेम्बर 2020
रोजगारीको सिलसिलामा विगत केही वर्षदेखि भारतको गोवामा रहेका दाङका एक नेपालीको मृत्यु भएको छ । एक होटलमा कुकको काम गर्दै आएका दाङ बबई गाउपालिका वाड नम्बर 5 का ३२ वर्षीय भीम बुढाथोकीको गएराति मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएर मृत्यु भएपछि त्यहाँस्थित नेपालीहरुले आशंका व्यक्त गरेका छन । गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले दिएको जानकारीका अनुसार आइतवार बेलुका स्वास्थ्यमा अस्वस्थता आएपछि उनि काम गर्ने होटलले नै उनलाई साउथ गोवा हस्पिसियो हस्पिटलमा भर्ना गराएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको होटल मालिकले जानकारी दिएका हुन । उनको मृत्युको यथार्थ कारण खुल्न सकेको छैन तर पोस्टमार्टम रिपोर्ट आइसके पछि उनलाई के भएको थियो भन्नेबारे थाहा हुने गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताउनु भएको छ । उनको आजै अन्तिम संस्कार गरिएको छ । जानकारीका अनुसार मृतक भीम बुढाथोकीकी श्रीमती र एक छोरा रहेका छन ।









































