12 जनवरी 2022
चार युवा वैज्ञानिकले मुख्य उद्देश्यसहित विद्यार्थीलाई उपग्रहका बारेमा बुझाउने ‘सस्तो क्युव’ नामक शैक्षिक उपग्रह किट तयार पारेका छन् । ६ महिनाको अवधिमा निर्माण भएको यो किट युवा वैज्ञानिकहरु विकल्प ढुङ्गाना, जनार्दन सिलवाल, देवराज पन्त र सागर कोइरालाले तयार पारेका हुन् । सो किटमा ९ वटा बोर्ड, चार ठाउँमा सोलार प्यानल जडान गरिएको युवा वैज्ञानिक ढुङ्गाना बताउँछन् । उनका अनुसार यसमा चार किसिमका सेन्सर जडान गरिएका छन् । ती सेन्सरले करेन्ट, तापक्रम, आर्द्रता र जीपीएसको बारेमा जानकारी दिने जनाइएको छ ।‘एउटा स्याटेलाइटमा हुनुपर्ने सबै कुरामा यसमा छ, कुन ठाउँमा के कुरा कलेक्ट गर्नुपर्ने हो भन्ने सबै गर्न सक्छ,’ उनले भने, ‘यसको क्षमता दूरी दुई सय मिटर छ ।









































