HomeFeatureचिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब काटिएको छैनः स्वास्थ्य मन्त्रालय

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब काटिएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाण्डौँ, 10 अप्रेल

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको छ। शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म तलब कट्टी नगरिएको बताउनुभयो। सरकारले विभिन्न तहका कर्मचारीले 3 देखि 7 दिनसम्मको तलब कट्टी गर्ने निर्णय गरेपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब क्टटी नभएको बताउनुभयो। उहाँले उच्च मनोबलका साथ काम गर्न पनि स्वास्थ्यकर्मीहरुमा आग्रह गर्नुभएको छ।

यस्तै आइतबारयता छैटौँ दिनसम्म नेपालमा कोरोना भाइरस (कोभिड—19) को नयाँ संक्रमण देखिएको छैन्। शनिबार एकैदिन तीन जनामा कोरोना भाइरसको लक्षण देखिएपनि त्यसयता भने नयाँ विरामी फेला नपरेको प्रवक्ता देवकोटाले बताउनुभयो। पछिल्लो 24 घण्टामा परीक्षण रिपोर्ट आएका 6 सय 30 जनामा पनि नेगेटिभ देखिएको छ। उपत्यका 4 सय 1 र बाहिर 2 सय 29 वटा परीक्षण भएका छन्। मन्त्रालयका प्रवक्ता डा. देवकोटाले अहिलेसम्म 3 हजार 5 सय 24 जनाको कोरोना परीक्षण भएको बताउनुभयो। अहिले 8 सय भन्दा बढी नमुना परीक्षणको क्रममा रहेका छन्।

बिहीबारबाट ऱ्यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको छ। सातवटै प्रदेशमा 5 हजारका दरले वितरण गरिएकोमा केही जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले जनाएको छ। 4 जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता 3 सय 39 जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। यसैगरी कञ्चनपुरमा 3 सय 76, कपिलवस्तुमा 21 र बाग्लुङमा 19 जनाको परीक्षण गरिएको छ। उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो।

उपत्यका बाहिर 10 स्थानबाट कोरोना परीक्षण भइरहेको छ। कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी 10 स्थानबाट परीक्षण थालिएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट 7 सय बढी नमुना परीक्षणका लागि संकलन गरि पठाएको छ।

सरकारले सेवा बाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई स्वेच्छिक रुपमा आवद्ध हुन पनि आग्रह गरेको छ। शुक्रबार 8 हजार 6 सय 60 जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यका भित्र 15 र बाहिर 110 गरी 1 सय 25 जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...