HomeFeatureमोहन्याल गतिशिल युवा समाजद्वारा मोहन्यालमा मास्क र हात धुने साबुन वितरण

मोहन्याल गतिशिल युवा समाजद्वारा मोहन्यालमा मास्क र हात धुने साबुन वितरण

कैलाली, 10 अप्रेल

मोहन्याल गतिशिल युवा समाजले सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थित गाँउपालिका “मोहन्याल”-मा मास्क तथा हात धुने साबुन वितरण गरेको छ। मोहन्याल गाँउपालिकाको लागि  सामाजिक कार्य गर्ने उद्देश्य निहित स्थापना गरिएको मोहन्याल गतिशिल युवा समाजले वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) प्रकोपबाट मोहन्यालका बासिन्दाहरूलाई बचाउने उद्देश्यले वडा नम्बर 6 र 7 मा 2000 थान मास्क र 500 थान हात धुने साबुन वितरण गरेको हो। समाजले “आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ” अभियानअन्तर्गत यी सामग्री वितरण गरेको मोहन्याल गतिशिल युवा समाजका कोषाध्यक्ष गोपिराम जैसिले जानकारी दिनुभयो।

मोहन्याल गतिशिल युवा समाजले यसपटक मोहन्यालका अन्य वडाहरूमा मास्क तथा साबुन वितरण गर्न नसकिए पनि तत्काल अर्को चरणमा वडा नम्बर 1 देखि वडा नम्बर 7 मा यी सामग्री उपलब्ध गराउने बताएको छ। समाजले मास्क तथा साबुन वितरण कार्यमा सहयोग गर्ने समाजसेवी युवाहरू मनोज साँउद, केशब माझि क्षेत्रि, पदम बि.क., दिपेन्द्र शाही, सागर रावल, डिल्ली ढकाल र वडा नम्बर 7 का वडा अध्यक्ष खर प्रशाद अधिकारी, वडा नम्बर 6 का वडा अध्यक्ष टीका राम भण्डारी र महिला स्वयम् सेविकाहरू प्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...