कैलाली, 19 डिसेम्बर 2020
धनगढी उप–महानगरपालिकाकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीन नगरवासीलाई अनुरोध गरेको छ । सित लहरका कारण चिसो अत्याधिक बढेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन नगरवासीलाई नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले अपिल जारी गर्नु भएको हो ।
यसका साथै नगरप्रमुख नृपबहादुर वडले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमसँग जुध्न सबैले सजकता अपनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले सतर्कताको कार्यमा सबै क्षेत्रबाट सहयोग पुगिरहेको र अझैपनि आ–आफ्नो ठाउँबाट सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन राजनितिकदल नगरबासी, स्थानीय प्रशासन र राष्ट्र सेवक सुरक्षाकर्मीहरु, सञ्चारकर्मी लगायत आम सरोकारवालाहरुलाई अपिल गर्नुभयो ।
उहाँले धनगढी उप–महानगरपालिकाले निशुल्क स्वाव परीक्षणको सेवा दिईरहेको जानकारी गराउँदै कोरोना संक्रमणको लक्षण देखिएमा उप–महानगरपालिकाको स्वाव संकलन केन्द्रमा पुगेर स्वाव दिन अनुरोध गर्नुभयो । संक्रमण देखिएकालाई अनिवार्य रुपमा होम आईसोलेशनमा बस्न उहाँले आग्रह गर्नुभयो ।









































