HomeFeatureडिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अवधारणा कार्यान्वयनमा चुनौति, दुर्गम क्षेत्रमा प्रविधिको प्रयोग बढाउनु...

डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अवधारणा कार्यान्वयनमा चुनौति, दुर्गम क्षेत्रमा प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड

काठमाण्डौ, 19 डिसेम्बर 2020

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अवधारणा कार्यान्वयनमा चुनौति रहेको बताउनुभएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ(क्यान)ले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले डिजिटल नेपालको फ्रेमवर्क बनेपनि पूर्वाधार निर्माण भइनसकेकोले कार्यान्वयनमा चुनौति रहेको बताउनुभएको हो । डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अवधारणालाई साकार बनाउन दुर्गम क्षेत्रमा पनि प्रविधिको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिनुभयो । त्यसका लागि नेपाल सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको र त्यसै अनुरुप निजी क्षेत्रले पनि आफ्ना कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धमा सरकारले अगाडि सारेका नीतिहरुमा कुनै अपुर्णता भएमा सुझाव दिन आग्रह गर्नुभयो । डिजिटल प्रविधिको विकासका लागि सरकारले कस्तो नीति नियम बनाई कार्यान्वयन गर्नुपर्छ संस्थागत रुपमा व्यवस्थित सुझाव तयार गरी सरकारलाई दिन क्यान महासंघसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा व्यवसायीहरुले ‘सूचना तथा सञ्चार प्रविधि नीति–२०७२’ को कार्यान्वयनको क्रममा भएका अनुभवहरुबाट पाठ सिकेर नयाँ नीति अवलम्बन गर्न जुरुरी रहेको बताए । डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी कार्यान्वयन गर्न छुट्टै निकाय बनाउनुपर्ने आवश्यकता रहेको पनि व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...