HomeFeatureजिल्ला प्रशासन कार्यालय काठमाडौँमा सवारी पास लिनेहरुको घुँइचो

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सवारी पास लिनेहरुको घुँइचो

काठमाण्डौँ, 20 अप्रैल

कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पास लिनेहरुको भिड अझै रोकिएको छैन्। सरकारले भिडभाड बढेसँगै अत्यावश्यक कामका लागि अनलाइनबाटै इ-पास लिने व्यवस्था गरेको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले पारिवारीक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले कार्यालयमै आएर पास माग गर्नेहरुको संख्या बढेको हो। जसले गर्दा जिल्ला प्रशासन कार्यालय अगाडि भिडभाड हुन गई कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ। सोमबार दिउसो पनि प्रशासन कार्यालय अगाडि यस्तै भिडभाड देखिएको छ। पास लिन आउनेहरु पनि मृत्यु संस्कारका लागि पास मागेका भने होइनन्। कोही काठमाडौँमा खानेकुरा सकिएपछि घरजान पास माग्ने श्रमिकहरु छन भने कोही कार्यालय प्रयोजनाका लागि पास माग्नेहरु छन्। यस्तै अत्यावस्यक कामका लागि घर जानुपर्ने भन्दै पास लिन आउनेहरु पनि छन्।

लकडाउन सुरु भएसँगै सरकारले अत्यावस्यक कामका लागि पास दिने व्यवस्था गरेको थियो। पास वितरण गर्दा लकडाउन उलङ्घन हुने र न्यूनतम सामाजिक दूरी कायम गराउन कठिन भएपछि अनलाइनबाटै इ-पास लिने व्यवस्था गृह मन्त्रालयले गरेको थियो। तर काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कारको काममा लागि बाहेक अन्य कामका लागि इ–पास नदिने बताएपछि अहिले कार्यालयमै आएर पास माग्नेहरुको भिड बढेको हो। यसबाट लकडाउन उलङ्घन मात्र भएको छैन कोरोना भाइरसको संक्रमणको जोखिम समेत बढेको छ। लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद लागतयका अत्यावश्यक कामका लागि बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेश हो। तर जिल्ला प्रशासन कार्यालयले पास वितरणमा अस्पस्ट नीति लिएपछि अहिले फेरी कार्यालय अगाडि भिड लाग्ने गरेको छ। जसबाट कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...