HomeFeatureभारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुको कोरोना परीक्षण तीव्र रूपमा

भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुको कोरोना परीक्षण तीव्र रूपमा

काठमाण्डौँ, 20 अप्रेल

काठमाडौँ महानगरले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ। महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको ऱ्यापिड डाइग्नोष्टि (आर.डी.टी.) विधिबाट परीक्षण थालिएको हो। सोमबार महानगरले वडा नम्बर 6,7,8 र 9 मा परीक्षण गरेको छ। 2 सय जनाको परीक्षण गर्ने लक्ष्यसहित सो वडाहरुमा परीक्षण थालिएको महानगरले जनाएको छ। आइतबारसम्म हानगरभित्र साढे 6 सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो। विदेशबाट आएका नागरिकहरु सरकारको आग्रह अनुसार होम क्वारेन्टाइनमा बसिरहेकाले शंका गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ। कुनै व्यक्तिमा पोजेटिभ देखिए थप परीक्षणका लागि टेकु अस्पताल पठाइने र सम्बन्धि वडामा छुटेकाहरुले अर्को वडामा गएर परीक्षण गर्न सक्ने उहाँले बताउनुभयो।

महानगरले प्रत्येक वडाहरुमा परीक्षण थालेपनि किटको व्यवस्थापन सहज नभएको गुनासो काठमाडौँ 4 बाट निर्वाचित सांसद गगन थापाले गर्नुभयो। सोमबार परीक्षण गरिएका वडाहरुका लागि किट माग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हारगुहार नै गर्नुपरेको उहाँको भनाई छ। आर.डी.टी. परीक्षणमा पोजेटिभ आएको तर पीसीआरमा नेगेटिभ आएका व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि परीक्षण हुनुपर्नेमा त्यस्तो नभएको उहाँले बताउनुभयो। महानगरले माइकिङ र स्वयम सेविकाहरुलाई घरघरमा पठाउँदा पनि धेरैले परीक्षणका लागि अटेरी गरेको थापाले बताउनुभयो।

चैत महिनाभित्र विदेशबाट आएका नागरिकहरुको परीक्षण गरिएको हो। विदेशबाट आएका नागरिकहरुले परीक्षणको काम सरकारले ढिला गरी सुरु गरेको बताएका छन्। अहिले नेपालमा 31 जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमा 4 जना उपचारपछि निको भएर घर फर्किएका छन्, भने 27 जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...