नेपालगन्ज, 4 सितम्बर 2021
नेपालगन्ज विमानस्थलबाट बाँके प्रहरीले चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाइ नियन्त्रणमा लिएर सार्वजनिक गरेका छन । सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए । सुन सहित पक्राउ पर्नेहरुमा झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खाती रहेका छन् । उनीहरुले जुत्ताको तलुवामा राखेर नेपालगन्ज पुर्याएका हुन् । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताए ।तीन जना व्यापारीको नाममा बिल काटिएको छ, ‘सुन नेपालगञ्जका व्यापारीको हो, । बिल पनि संकास्पद छ।
प्रहरी उपरिक्षक अधिकारीले भन्नु भयो–‘थप सोधपुछ गरेर सुनसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाउँछौं । आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्छ ।’
प्रहरी अधिकारीले श्री एयरलाइन्सको जहाजमा दुई जनाले सुन ल्याएर नेपालगञ्ज आउँदैछन् भन्ने सूचना प्रहरीलाई जहाज अवतरण हुनुभन्दा करिब पाँच मिनेट अघिमात्रै पुगेको थियो । काठमाडौंबाट आएको विशेष सूचनाका आधारमा सुन बरामद गरेको जनाए ।
भन्नु भयो ‘हामीलाई प्राप्त सुचना अनुसार दुई जनाले सुन लिएर जहाजमा आउँदैछन् सबै यात्रुलाई निगरानीमा राखियो जुत्तामा सुनको बिस्कुट राखेकाहरूलाई हिँडडुल गर्नै अफ्ठेरो भएजस्तो देखिएपछि खानतलासी गर्दा सुन भेटिएको हो ।’
प्रहरीका अनुसार लगुनले लगाएको दुबै जुत्ताको तलुवामा २/२ बिस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १÷१ बिस्कुट गरी ६ थान बिस्कुट भेटिएको हो । तलुवामा लुकाएको उक्त सुन ३ किलो ९ सय ९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन भेटिएको बाँके प्रहरीले जनाएको छ ।









































