HomeFeatureराजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र: भिम रावल

राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र: भिम रावल

काठमाडौं, 4 सितम्बर 2021

नेकपा(एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारीयो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर घरमा पुर्याउन लागेको पनि उहाँले बताउनुभयो । उहाँले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘झिलिमिल हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्याइदैछ । नेपाललाई पराधिन उपनिवेश बनाउन पाइदैन भनेर आआफ्नो ठाउँबाट आवाज उठाउनुस् । जसरी बेलायतीहरुले भारतमा इष्ट इन्डीया कम्पनी खोले त्यो इष्ट इन्डीया कम्पनी भन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ।

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नभएको उहाँले उल्लेख गर्नुभयो । एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने पनि उहाँले बताउनुभयो । एमसिसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘रेडियोबाट, टेलिभिजनबाट एमसीसीको बारेमा विज्ञापन बजिरहेको छ । कुनै देशले दिने अनुदान सहयोगको बारेमा अर्को देशले झ्याली पिटेर विज्ञापन गर्छ कहीँ ? दुनियाँमा सुन्नुभाछ ? यो भन्दा राष्ट्रको अपमान के हुनसक्छ ? भर्खरै एउटा टेलिभिजनबाट त्यो बजाएको रहेछ । धेरै विरोध गरेपछि त्यो बन्द भयो । तर रेडियोबाट बजाउने क्रम जारी छ । यो सम्झौता असमान छ । सार्वभौमिक समानताको सिद्धान्त अनुरुप छैन । यसका कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतमाथि हमला गर्छ । नेपालको स्वाधिनता र स्वतन्त्रतामाथि आँच पुर्याउने कुराहरु छन् ।

उपाध्यक्ष रावलले  प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सुचना गरेको भन्ने आरोप लगाउँदै आफुले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती पनि दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो लोकतन्त्र हो की के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन ५० दिन भैसक्यो लाजपनि मान्नुपर्ने, उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौता बारे कोही बोलेपछि, त्यसको विरोध गरेपछि जेल चलान गरीनेछ । म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । मैले भने । मलाई गिरफ्तार गर । गृहमन्त्रालय आउ मलाई पक्रेर लग । आट गर्छौ भने तिमि देशघातीहरुले यो सम्झौताको लागि नेपाली जनतालाई धम्क्याएर देशभक्त नेपाली जनता धम्किदैनन् । यो निरंकुशतन्त्र होइन । नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो । तिम्रो धम्कीको कुनै मुल्य छैन । तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीबाट कुल्चिदिन्छु ।

उपाध्यक्ष रावलले सरकार गठन भएको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमुना भएको उल्लेख गर्नुभयो । उहाँले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयम् प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै  आफ्नो राष्ट्रको हक, अधिकार र स्वाधिनताको अपमान हुँदा बोल्न नसक्ने मान्छे योग्य नागरिक पनि नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारको सबभन्दा पहिलो कर्तव्य देशको रक्षा गर्ने हो । जनताको सुरक्षा गर्ने हो । आज ५० दिन नाघिसक्यो सरकारले पूर्णता पाएको छैन । अनि विगतको भन्दा हामीले नयाँ ढंगले जनतालाई आश्वस्त पार्छौ, एउटा नयाँ दिशातिर लैजान्छौँ भनेको यही हो त ? ५० दिनसम्म सरकारले पूर्णता नपाउने, यो अयोग्यता, भागबन्डाको विकृतिको नमुना हो । कुनैपनि जिम्मेवार प्रधानमन्त्री र सरकारले यस्तो गर्ने, यसरी देशलाई नेतृत्व दिने कुरा कदापी उचित मान्न सकिदैनँ । जयसिंह धामी प्रकरण यो झट्ट हेर्दाखेरी एकजना व्यक्ति कोही बग्नुभयो जस्तो मान्छेलाई लाग्नसक्छ । तर एउटा देशको लागि एउटा व्यक्तिले देशको प्रतिनिधित्व गर्छ । त्यस्तो विषय हो । नेपालको परराष्ट्र मन्त्रालयलाई बोल्नलाई, प्रधानमन्त्रीलाई बोल्नलाई घाँटीमा कसले समातेको छ ? जो व्यक्ति आफ्नो नागरिकको, आफ्नो राष्ट्रको हक, अधिकार र स्वाधिनताको कसैले अपमान गर्यो । त्यहाँ आँच पुर्यायो भने जो व्यक्ति बोल्न सक्दैनँ त्यस्तो व्यक्ति सरकार चलाउनलाई योग्य भन्ने कुरा त छोड्दिनुस्, त्यो योग्य नागरिक पनि हुन सक्दैनँ । ७ दिनमा अनुसन्धान गर्ने भनेको १ महिना लगाएर, मैले त समाचारमा पढेको त्यो एक महिना लगाएर ल्याएको प्रतिवेदनमा भारतीय सुरक्षाकर्मीले तुइन खुस्काइदिएको लेखेको थियो रे, गृहमन्त्रालयमा आइसकेपछि त्यो तुइन खुस्किने बेला पारिपट्टी यसो भारतीय सुरक्षाकर्मी देखिएका थिए, उपस्थिति थियो भन्नेमा परिणत भयो । यो कुनै एउटा स्वाधिन देशको सरकारले गर्ने काम हो ? हुनै सक्दैन । यो स्वाभिमानी देशभक्त कुनैपनि नागरिकको लागि मान्य हुन सक्दैन ।

उहाँले अहिले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेर भारतीय हेलिकप्टर दार्चुलामा उडिरहेको विषयमा सरकार मौन रहेको बताउनुभयो । राष्ट्रको सार्वभौमसत्ता, क्षेत्रिय अखण्डतामाथि भारतले धावा बोल्दापनि सरकार चुप लागको भन्दै उहाँले वर्तमान सरकारलाई एक मिनेट पनि कुर्सिमा बस्ने अधिकार नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...