HomeFeatureजुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न आफुहरु तयार रहेको: नेपाल

जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न आफुहरु तयार रहेको: नेपाल

काठमाडौं, 29 जनवरी 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न आफुहरु तयार  रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा पार्टी निकट नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेला एवं संगठन पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनको मितिका बारेमा गठबन्धनबीच छलफल चलिरहेको भन्दै जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न तयार रहेको बताउनुभएको हो । यसअघि स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई टेकेर आगामी निर्वाचनको मिति तय गर्ने भन्ने बिषयमा छलफल चलिरहेको उहाको भनाई छ । नेपालले निर्वाचनसम्बन्धी जटिलतालाई हटाएर संविधान अनुसार निर्वाचन गर्न गठबन्धन दल तयार रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले बिभिन्न तत्वले गठबन्धनलाई भत्काउने प्रयास गरेपनि निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम हुने दावी गर्नुभयो । शनिबार बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेर बहादुर देउवाले पनि गठबन्धन निर्वाचनसम्म नै अघि बढाउनुपर्छ भन्ने धारणा राख्नुभएको उहाले जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बलियो हुँदै गएको बताउनुभयो । राष्ट्रियसभा चुनावमागठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जित हासिल गरेको भन्दै उहाले आगामी दिनमा कलम चिन्ह बलियो हुने र सूर्य चिन्ह कमजोर हुदै जाने दावी गर्नुभयो । त्यस्तै अध्यक्ष नेपालले पार्टीसंगै पार्टी अन्तर्गतको संगठनलाई पनि बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...