5 जनवरी 2022
भारत झारखण्डको सिमडेगा जिल्लाको ग्रामीण क्षेत्रमा भिडले एक युवकलाई गम्भीर कुटपिट गरी जिउँदै जलाएको छ । प्रहरीले घटनालाई ‘मब लिन्चिङ जस्तो’ भनेको छ । प्रत्यक्षदर्शीका अनुसार मारिने युवककी पत्नीले भिडसँग ज्यानको भिक मागेकी थिइन् । तर उनको बिन्ती कसैले सुनेनन् । युवकलाई कुटपिट गरेर जलाए। यो घटना बेसराजारा गाउँमा भएको हो । मारिने व्यक्तिको नाम सञ्जू प्रधान हो । स्थानीय आदिवासीहरुको अनुसार उनको स्वीकृति बिना सञ्जूले रुख काटेर दाउरा बेच्ने गरेको आरोपमा उनको हत्या भएको हो । घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सञ्जूले रुख काट्ने गरेको जानकारी वन विभागलाई पनि गराईएको थियो। तर, त्यहाँबाट केही कारवाही नभएपछि गाउँलेहरु त्यहाँ पुगेको स्थानीय बासिन्दाको भनाई छ ।









































