हेटौँडा, 10 नवम्बर 2021
मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुर्घटना भएको छ। मकवानपुर जिल्लाको हेटौँडा उप–महानगरपालिका–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मंगलबार मध्यराति भएको दुर्घटनामा बसमा यात्रा गर्ने जनकपुरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका १५ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पनि घाइते भएका छन् ।









































