क्यानडा, 10 नवम्बर 2021
क्यानडामा जलवायु परिवर्तनका कारण बिरामी परेकी पहिलो महिला देखिएकी छिन्। महिला ७० वर्षीया हुन। यी महिलालाई सास फेर्न गाह्रो पर्छ । त्यसबाहेक उनलाई कुनै पनि किसिमको गम्भीर रोग लागेको छैन । तर, महिलाको नाम सार्वजनिक गरिएको छैन । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, ती महिलालाई जलवायु परिवर्तनका कारण रोग लागेको चिकित्सकहरूले जनाएका छन् । चिकित्सकहरूले पहिलोपटक कुनै रोगको कराणमा जलवायु परिवर्तन लेखेका छन् । महिलाको ब्रिटिश कोलम्बियामा डाक्टर काएल मेरिटले स्वास्थ्य जाँच गरेका हुन्। डा मेरिटले लक्षणका आधारमा मात्र उपचार गर्दा अनि रोगको भित्री तहसम्म नपुग्दा रोग थप बल्झिने जनाए। उनले डायग्नोसिस रिपोर्टमा लेखे, ‘दश वर्षमा पहिलोपटक मलाई रोगीको रोग जलवायु परिवर्तनका कारण भएको जस्तो लाग्यो ।’ महिलाको रोग गत जुन महिनामा पत्ता लागेको थियो । त्यतिखेर देशमा लू चलिरहेको थियो । हावाको गुणस्तर निकै खराब थियो ।









































