HomeFeatureताइवानमा भयानक रेल दुर्घटना, 50 जनाको मृत्यु

ताइवानमा भयानक रेल दुर्घटना, 50 जनाको मृत्यु

ताइवान, 3 अप्रिल 2021

ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएर दुर्घटना भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो । कम्तीमा ३५० यात्रु बोकेर राजधानी ताइपेईबाट ताइटङ शहर जाँदै गरेको रेल सुरुङमार्गमा दुर्घटना भएको हो ।

रेल स्थानीय समयअनुसार शुक्रबार बिहान ९ बजे दुर्घटना भएको  जनाकारी आएको छ । दुर्घटनाका कारण रेलका डिब्बाहरूमा ठूलो क्षति पुगेको छ भने ७२ जना सुरुङभित्रै थुनिएका छन् । उनीहरूको उद्धारकार्य जारी रहेको त्यहाँको सेन्ट्रल इमरजेन्सी अपरेसन सेन्टरले जनाएको छ । ताइवानका राष्ट्रपति साइ इङ्ग उनले एक विज्ञप्ती जारी गर्दै फसेकाहरुको उद्धार कार्यलाई उच्च प्राथमिकता दिइएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मर्मतका लागि राखिएको एउटा सवारी खस्दा रेल लिकबाट बाहिर निस्केकाले दुर्घटना भएको हो । रेलमा रहेका अधिकांश यात्रुहरु ‘टम्ब स्विपिङ’ पर्व मनाउन आएका पर्यटक रहेको अनुमान गरिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...