HomeFeatureप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भिर- मन्त्री ढकाल

प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भिर- मन्त्री ढकाल

काठमाण्डौ, 3 अप्रिल 2021

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको बताउनुभएको छ । होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भिर रहेको बताउनुभयो । सरकारले होटल व्यवसायी आफैले बनाएको स्वास्थ्य मापदण्डलाई मन्त्रिपरिषबाट पारित गराई यस क्षेत्रलाई चलायमान बनाउन सहयोगी बनेको पनि बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा कार्यक्रमबाट सम्बोधन गरिने बताउँदै के कस्ता कार्यक्रम समावेस गर्नुपर्छ सुझाव दिन व्यवसायीहरुसँग आग्रह गर्नुभयो । मन्त्री ढकालले व्यवसायीको सुझाव अनुसार नै कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले आन्तरिक पर्यटन मार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय पर्यटन आगमन पूर्ण अवस्थामा नफर्किएसम्म होटल उद्योगलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखी सरकारले अल्पकालिन र दिर्घकालिन तर्जुमा गर्न माग गर्नुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण पर्यटन छेत्र लामो समय बन्द हुन पुग्यो । अझैपनि पर्यटन क्षेत्र पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सरकारले पर्यटन व्यवसायीका लागि पुनरकर्जा र व्यवसाय निरन्तरता कर्जा उपलब्ध गराएपनि सबै व्यवसायीले प्राप्त गर्न नसकेको गुनासो व्यवसायीहरुको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...