हिमाचल, 6 अप्रैल 2021
भारतको हिमाचल प्रदेशको कुल्लू मनालीमा तीर्थ यात्रा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गुमाएका एक नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राहत रकम दिलाएको छ । जुम्लाका खालाडिम्ला 14 विषेका छुम नामग्यालका छोरा निमा छिरिङको गत वर्ष माघे संक्रान्तीका दिन कुल्लू मनालीको 15 मील गाँउमा दुर्घटनामा परि मृत्यु भएको थियो । तीर्थ यात्राका लागि हिमाचल आएका निमा छिरिङलाई 15 मिलमा सडक छेउमा बसको पर्खाइ गरिरहेका बेला एक इनोवा कारले ठक्कर दिएपछि निधन भएको थियो । त्यस घटनाको 2 महिनापछिनै स्थानिय एसडीएम कार्यालयमा परिवारलाई क्षतिपूर्ति स्वरुप राहत रकम दिलाउन निवेदन दिएपछि एसडीएम कार्यालयले केही दिन अघि मात्रै सो रकम दिने मञ्जुरी दिएको थियो । त्यसपछि मूल प्रवाहले मृतकका परिवारलाई बोलाएर आज 4 लाख राहत रकम उपलब्ध गराएको हो । राहत रकम बुझ्न जुम्लाबाट मृतक निमा छिरिङकी आमा दुंगुर तामाङ र छोरी खण्डो आएका थिए । उनिहरुको साथमा मृतकका ज्वाई समेत मूल प्रवाहको कुल्लू मनाली नगर समितिमा आएका थिए । उनिहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र कुल्लु मनाली नगर समितिका अध्यक्ष साईला लामाको प्रयासले 4 लाख रुपैयाँ राहत रकम प्राप्त गरेको भन्दै आभार प्रकट गरेका छन । साईला लामाले भारतमा दुर्घटनामा परि ज्यान गुमाएपछि सरकारलेनै पिडीत परिवारलाई 4 लाख रुपैयाँ राहत रकम दिने गरेको भन्दै यदी कुनै व्यक्तिले दुर्घटनामा ज्यान गुमाउछ भने परिवारले सो रकमको दावी गर्न सक्ने बताउनु भएको छ ।









































