HomeFeatureतेन्जिङ्ग नोर्गे शेर्पालाई भारतको सर्वोच्च सम्मान भारत रत्न प्रदान सांसद राजु...

तेन्जिङ्ग नोर्गे शेर्पालाई भारतको सर्वोच्च सम्मान भारत रत्न प्रदान सांसद राजु बिष्टको माग

नयाँ दिल्ली, 16 सेप्टेम्बर

लोकसभाका सासंद राजु विष्टले सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाईला टेक्ने पर्वतारोही स्वर्गीय तेन्जिङ्ग नोर्गे शेर्पालाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न  प्रदान गर्न आग्रह गर्नु भएको छ । मंगलवार संसदमा सम्बोधन गर्दै सांसद बिष्टले भन्नुभयो ‘२९ मई १९५३ मा एउटा नयाँ विश्व इतिहास रचिएको थियो जब तेन्जिङ्ग नोर्गे शेर्पा र एडमन्ड हिलेरी सगरमाथाको शिखरमा पहिलोपल्ट चढ्नमा सफल हुनुभएको थियो। यस अभूतपूर्व सफलता हासिल गरेर उहाँहरूले इतिहास त बनाउनुभयो नै, साथै आफ्नो लगनशीलता, प्रशिक्षण र संकल्पको उदाहरण प्रस्तुत गर्नुभएको थियो। ’

उहाँको अभूतपूर्व सफलताले आजसम्म विश्वले उहाँहरुको गुणगान गर्ने गरेको स्मरण गर्दै असाधारण परिस्थितिहरूका बावजूद तेन्जिङ्ग नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेर विश्वसामु एउटा Icon बनेको बताउनु भयो ।

तेन्जिङ्ग नोर्गो शेर्पालाई सन् १९५३ मा नै जर्ज मेडल, विशेष ओलम्पिक मेडल, इरान शाह मेडल, नेपाल तारा, युएसएसआर स्पेशल मेडल, फ्रेन्च स्पोर्ट्स मेडलसँगै कयौं प्रतिष्ठित पुरस्कारले सम्मानित गरिएको थियो। भारतमा उहाँलाई प्रतिष्ठित सम्मान पद्म भुषणले सम्मानित गर्नुका साथै उहाँको नाममा उच्च साहसी खेल अवार्ड स्थापना गरिएको भएपनि उहाँको ऐतिहासिक उपलब्धिका लागि दिइनुपर्ने सम्मान अझ पनि दिन बाँकी नै रहेको सांसद बिष्टको भनाई छ ।  बिष्टले भारत र सारा विश्वका साहसिक खेलप्रेमी जनताको पक्षमा सरकारसँग, स्वर्गीय तेन्जिङ्ग नोर्गे शेर्पालाई भारत रत्न सम्मान प्रदान गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...