काठमाडौंं, 16 सेप्टेम्बर
सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायतमा महसुस गरिएको छ । विहान ५ बजेर १९ मा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकवियज अधिकारीले जनाएका छन् ।
भूकम्पको धक्का काठमाडौंका साथै आसपासका जिल्लाहरु र भारतका केही भागमा पनि महसुस गरिएको थियो । विहान भएकाले सर्वसाधारणले धक्काको अनुभव राम्रै सँग गरेका थिए । त्रासले यतिबेला धेरैजसो मानिसहरु घर बाहिर बसेका छन् । थप विवरण आउन बाँकी छ ।









































