HomeFeatureदक्षिण कोरियामा समस्यामा परेका 228 जना नेपालीहरु आज नेपाल फर्किए

दक्षिण कोरियामा समस्यामा परेका 228 जना नेपालीहरु आज नेपाल फर्किए

काठमाण्डौ, 20 जुन 2020

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण दक्षिण कोरियामा समस्यामा परेका 2 सय २८ जना नेपाली कामदार आज शनिबार स्वदेश फर्किएका छन्। कोरिएन एअरको विमानबाट उनीहरु बिहान नेपाल आइपुगेका छन । कोरियास्थित नेपाली दूतावासका अनुसार समस्यामा परेका 972 जना नेपालीहरु नेपाल फर्कन चाहन्छन । सरकारले विदेशमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न देशमा फसेका नेपालीहरु फिर्ता आइरहेका छन । पछिल्लो समय खाडीका विभिन्न देशहरुबाट नेपालीहरु भित्रिसकेका छन । आज कोरियाबाट आएको विमानबाट लकडाउनका कारण नेपालमा रोकिएका 2 सय ३३ जना नेपाली कामदारहरु कोरिया गएका छन्। कोरियाको आग्रहमा सरकारले एक हप्ताअघि नेपालमा रोकिएका कामदार कोरिया पठाउने निर्णय गरेको थियो। उक्त निर्णय पश्चात नेपालीहरु कोरिया जान थालेका छन्।  गैरआवासी नेपाली संघका अनुसार बिदामा आएका बेला कोरोनाका कारण रोकिएका कामदार लैजाने क्रममा उता समस्यामा परेका नेपाली पनि आउन थालेका हुन्। केही समयअघि संघले नेपाल वायुसेवा निगममार्फत नेपालमा रोकिएका कामदार लैजाने अनुमति मागेपनि अनुमति नपाएपछि कामदार कोरिया जान पाएका थिएनन्। नेपालबाट कोरिया फर्किने नेपालीहरुको संख्या 1 हजार 3 सय रहेको गैरआवासीय संघले जनाएको थियो। यसअघि ५५ जना नेपाली कोरिया गइसकेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...