HomeFeatureदिल्लीमा कोरोनाले निधन भएका नेपालीको 13 दिनपछि अन्त्येष्टी, परिवार बिना अन्तिम संस्कार

दिल्लीमा कोरोनाले निधन भएका नेपालीको 13 दिनपछि अन्त्येष्टी, परिवार बिना अन्तिम संस्कार

नयाँ दिल्ली, 20 जुन 2020, खुम गुरुङ

भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्येष्टी गरिएको छ । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना कारण ज्यान गुमाएको 13 दिनपछि उनको आज दिल्लीमा अन्तिम संस्कार गरिएको हो । दिल्लीमा शव बुझ्ने कोही नभएपछि दिल्लीस्थित सामाजिक संगठन ग्रीन तारा सोसाईटीका कार्यकारी सदस्य कृष्ण गुरुङको पहल र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शवलाई जिम्मा लिएपछि अन्तेयष्टि गरिएको हो ।

नेजस भारतका अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार शवको अन्तिम संस्कार गर्न नेपालमा रहेका पारिवारिक सदस्यले आफुलाई पत्राचार गरेको थियो । तर कोरोना संक्रमण र परिवारिक सदस्य नेपालमा भएकाले शव लिन निकै समस्या भएको थियो । शव लिने प्रक्रियाका लागि दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग माग गरिएपनि 3 दिनसम्म कुनै सहयोग प्राप्त नभएपछि भारतको गृह मन्त्रालयको सहयोगमा शव प्राप्त भएको र अन्ततः आज अन्तिम संस्कार गरिएको पाण्डेले बताउनुभयो ।

 

दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको वडा नम्बर 9 सतासीधामका स्थायी वासिन्दा ज्ञानबहादुर बस्नेतको 49 वर्षको उमेर 7 जुनका दिन निधन भएको थियो । गत 4 जुनदेखि स्वाथ्यमा समस्या देखिएका उनलाई 7 जुनमा उनका छोराले असहज भएपछि छेउँमै रहेको लेडीहार्डीङ अस्पताल लगेका थिए। तर सोहीदिन उनको अस्पतालमै मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना भएको पुष्टी भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...