HomeFeatureअलपत्र परेकाहरूलाई नेपाल सरकारले भित्र्याएन, भारतीय क्वारेन्टाइनमा जान मानेनन् नेपालीहरू

अलपत्र परेकाहरूलाई नेपाल सरकारले भित्र्याएन, भारतीय क्वारेन्टाइनमा जान मानेनन् नेपालीहरू

नेपालगञ्ज, 2 अप्रेल/ हिम शाह

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी रोकथामका लागि नेपाल र भारतमा समेत लकडाउन भएर सीमानाका बन्द हुँदा 1 सय 79 जना नेपालीहरूमै दशगजामै सुत्न बाध्य भएका छन्। अघिल्लो राति जयसपुर र हिरमिनियाको खेतमा सुतेका नेपालीलाई भारतको क्वारेन्टाइन लैजाने अधिकारीहरुले सहमति गरेपनि उनिहरु जान नमानेर दशगजामै बसेका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपीहरु बीर बहादुर ओली, दीपक अधिकारी, कमल भट्टराई र भारत बहराइचका डीएम शम्भु कुमार र एसपी विपिन कुमार बीच नाकामा अलपत्र परेका नेपालीलाई आधा-आधा गरी व्यवस्थापन गर्ने सहमति भएको थियो।

सहमति अनुसार जयसपुर र हिरमिनियामा रहेका नेपालीलाई जमुनाहा नाकामा ल्याइयो। नेपालीहरू जमुनाहा नाका पुगे त्यसपछि आधा-आधाको संख्यामा नभएर सबै एकै ठाउँमा जाने अडान नेपालीहरूले कसे।नेपाली अधिकारीले भारतीय पक्षलाई त्यो कुरा सम्झाए। सबैलाई लैजान भारत तयार भयो। तर, दशगजामा पुगेपछि नेपालीहरुले फेरि विचार बदले, भारत जान्न भन्न थाले। ‘भारतबाट धेरै हण्डर, दुःख झेलेर नेपालमा आइपुगेका छौं। फेरि भारत जाँदैनौँ’, नेपालीहरुले एकै स्वर भने।

त्यसपछि नेपाली र भारतीय अधिकारीहरुलाई आपत आइलाग्यो। एसपी, प्रजिअले सम्झाइरहे, उनीहरुले इन्कार गरिरहे। त्यसबीचमा प्रदेश सांसद कृष्णा केसी नमूना पनि पुगिन्। सबैले मिलेर राती पौने एघार बजेसम्म सम्झाए। नेपालीहरुले भारतीय क्वारेन्टाइनमा जान मान्दै मानेनन्। उनीहरु भारतबाट आएको तीन दिन भइसकेको थियो। यो तीन दिन उनीहरुले सडक र खेतमा मै बिताए।

अब 11 दिन भारतीय क्वारेन्टाइनमा गएर सुरक्षित बसिदिन र त्यसपछि घरघरमा पठाइदिन्छौँ भनेर नेपाली अधिकारी र सांसदले सम्झाउँदा नेपालीहरुले भारत नजाने अडान दोहोर्याईरहे। रुकुमका सन्दीप केसीले भने, ‘धेरै दुःख पाएर आफ्नो भूमिसम्म आएका छौं। फेरि भारत जाँदैनौँ। यही खेतमा सुत्छौं जति दिन बस्नु पर्छ।’

‘जति दिन बस्नु पर्छ। हामी खेतमै बस्छौं। जंगलमा राखिदिनुस्। तर, फेरि भारत जाँदैनौँ, नेपालीहरुले एक स्वरमा भनिरहे’, प्रदेश सांसद केसीले भनिन्, ‘जति सम्झाए पनि जान्नाैँ भनेपछि के गर्ने लठ्ठी हान्नु भएन। त्यही दशगजामै छन्।’

खासमा नेपाल र भारतका अधिकारीका बीचमा नेपालमा भएका भारतीयलाई नेपालले क्वारेन्टाइनमा राखिदिने र भारतबाट आएर नाकामा अलपत्र परेकालाई भारतले क्वारेन्टाइनमा राखिदिने सहमति भएको छ। जति सम्झाउँदा पनि केही सीप नलागेपछि अधिकारीहरु एघार बजे राति नाकाबाट फर्किएका थिए। त्यसपछि नेपालीहरु दशगजामै सुते। नाकातिर नै रहेको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा बनाइएको छ।

नेपाली अधिकारीहरुले उनीहरुलाई त्यहाँसम्म ल्याउन सकेका छैनन्। ‘माथिको आदेश’ नहुँदासम्म केही गर्न नसकिने अधिकारीहरुले बताइरहेका छन्। स्रोतका अनुसार, माथिबाट जहाँ छन्, त्यही राख्नु भन्ने निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...