HomeFeatureदार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधिको अभाव हुन नदिने: बालकृष्ण खाँड

दार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधिको अभाव हुन नदिने: बालकृष्ण खाँड

काठमाडौं, 26 अगस्त 2021

गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधिको अभाव हुन नदिने बताउनुभएको छ । बिहीवार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँडले महाकाली नदीमा आएको बाढीले उत्पन्न भएको व्यास क्षेत्रको खाद्यान्न र औषधिको प्रवन्ध र पूर्व तयारी सरकारले गरिसकेको बताउनुभएको हो । उहाँले गत साउन १५ गते तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि गठित समितिले काम गरिरहेको बताउनुभयो । उहाँले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अझै छानबिनकै क्रममा रहेको र यसमा लामो समय लागिसकेकोले चाँडै सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कठघरामा उभ्याउने बताउनुभयो । उहाँले चाडबाडमा बजारमा गुणस्तरहीन वस्तुहरु भेटिने समस्या र कालोबजारीलाई गम्भीरतापूर्वक लिएर सरकार अघि बढ्ने आश्वासन दिनुभयो ।

गृहमन्त्री खाँडले भन्नुभयो, “दार्चुलाको व्यास गाउँपालिकामा खाद्यान्नको अभाव भनेर जनप्रतिनिधिहरुले भन्नुभएको छ, त्यसको लागि खाद्यान्न र आवश्यक औषधिको व्यवस्था सरकारले गरिसकेको छ, नेपालबाटै हिँडेर त्यहाँ पुग्नु पर्ने समस्याले केही ढिला भइसकेको छ तर सरकारले आवश्यक सामग्रीको प्रवन्ध र पूर्वतयारी गरिसकेको छ, त्यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण छानबिनकै क्रममा छ, र यो लामो समय भइसक्यो, यो घटनाको छानबिन गर्न सकिन्छ र दोषिलाई कानूनि दायरामा ल्याएर कारबाही गर्न सकिन्छ भन्ने विश्वास छ ।

बैठकमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले वैशाख १ गतेदेखि भदौ ९ गतेसम्मको अवधिमा कालोबजारी गर्ने ५६ जनालाई पक्राउ गरेको बताउनुभयो । उहाँले ३६ वटा कालोबजारीका घटनामा २० वटा मुद्दा दर्ता भएको समेत जानकारी गराउनुभयो । उहाँले नेपाल पुलिसले कालोबजारीका घटनालाई गम्भीरताका साथ लिएको समेत बताउनुभयो । महानिरिक्षक क्षेत्रीले नेपाल पुलिलसले अहिले ३ वर्षको अवधिमा विभिन्न अपराधका घटनाहरुको संकलित कागजात, बयान, सबुतलाई केन्द्रीय स्तरमा लगेर रिभ्यू गरिरहेको पनि जानकारी दिनुभयो ।बैठकमा उपस्थित सांसदहरु डा. डिला संग्रौला, लालबाबु पण्डित, दिलेन्द्रप्रसाद बडू, प्रेम सुवाल लगायतका सांसदहरु जयसिंह धामी, निर्मला पन्त र बजारको कालोबजारी लगायतका समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...