HomeFeatureपार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आव्हान:माधवकुमार नेपाल

पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आव्हान:माधवकुमार नेपाल

काठमाण्डौं, 26 अगस्त 2021

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ । बुधवार एमाले विभाजन गरी नेकपा(एकीकृत समाजवादी) गठन गर्नुभएका अध्यक्ष नेपालले बिहीवार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रमबाट मुक्त हुँदै आफुहरुको क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको हो । उहाँले ओली दक्षिणपन्थी भासमा भासिएको, राष्ट्रियताको सुदृढिकरण गर्न नसकेको, सरकार सञ्चालनमा असफल भएको, संसद विघटन गरी प्रतिगामी कदम चालेको तथा तत्कालिन नेकपा र नेकपा(एमाले) विभाजनमा उद्यत रहेको भन्दै ओली गुटको भ्रमबाट मुक्त भई छुटकारा पाउन आफ्नो पार्टीमा आउन उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो –‘म आव्हान गर्न चाहान्छु, कि तपाईहरु तत्काल केपी ओली गुटबाट छुट्कारा पाउनुहोस् । यो दक्षिणपन्थी भासमा भासिइसकेको, राष्ट्रियताको सुदृढीकरणको मान्यतालाई तिलाञ्जली दिइसकेको, जनताप्रतिको जिम्मेवारीबोधबाट भागिसकेको, सरकार सञ्चालनमा असफल भइसकेको, पार्टीलाई तहसनहस पार्न उद्यत भइसकेको र एकीकृत भइसकेको नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने काममा अग्रसरता लिएको, विभाजित हुँदाखेरी भोज भतेर गरेर खुशियाली मनाएको, अनि नेकपा एमालेलाई पनि विभाजन गर्नका लागि २०७७ चैत्र २८ गते कदम चालेको, र नेपालको जनताको निर्वाचित संस्था प्रतिनिधि सभा २०७७ पौष ५ गते विघटन गरेर प्रतिगामी कदम चालेको र प्रतिगमनको दिशातर्फ अगाडी बढेको र नेपालको इतिहासमा, राजनीतिमा एउटै प्रधानमन्त्रीले आफ्नो एउटै कार्यकालमा दुई पटक प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चाल्ने किर्तिमान कायम गरेको यस्तो व्यक्तिको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहीत हुनका लागि म सबैलाई हार्दिक आव्हान गर्न चाहान्छु ।

अध्यक्ष नेपालले केपी शर्मा ओलीले माक्र्सवादी मुल्य, मान्यतालाई तिलाञ्जली दिदैँ व्यक्तिवादमा डुबेपछि आफुहरु विद्रोह गर्न बाध्य भएको बताउनुभयो । पार्टीलाई नीजि कम्पनीजस्तो बनाएको, जनताको बहुदलीय जनवादको मुल्य मान्यता त्यागेको तथा आफु पक्षीय नेताहरुलाई एमालेबाट निष्काशन गरेपछि त्यसकाविरुद्ध विद्रोह गर्नुको विकल्प आफुहरुसँग नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो –    ‘केपी ओली पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, त्यहाँ उहाँले पार्टीमा सबैखाले मुल्य र माक्र्सवादी मुल्य र मान्यतालाई तिलाञ्जली दिइसकेपछि, व्यक्तिवादमा चुर्लुम्म डुबेपछि, अनि व्यक्तिवादी अहंकारको घोडामा सवार भइसकेपछि, त्यो पार्टीलाई आफ्नो नीजि कम्पनीको रुपमा ठानिसकेपछि, जनताका बहुदलीय जनवादका सबै मूल्य र मान्यतालाई तिलाञ्जली दिइसकेपछि, र त्यसपछि क्रान्तिकारी योद्धालाई त्यो पार्टीबाट निष्काशन गरीसकेपछि त्यसका विरुद्धमा विद्रोह गर्ने बाहेक हामी सँग अरु कुनै विकल्प भएन ।

अध्यक्ष नेपालले पार्टी विभाजनमा आफ्ना केही सहयोद्धाहरुले साथ नदिएकोमा कुनै गुनासो नभएको प्रतिक्रिया दिनुभयो । लामो यात्रामा जाँदाखेरी केही साथीहरु बिचैमा थाकेको भन्दै उहाँले फेरी पनि ति सहयोद्धाहरु समावेश हुनसक्ने बताउनुभयो । अहिले आफुलाई साथ नदिएका नेताहरुकै अग्रसरतामा विगतमा निर्वाचन आयोगमा पार्टी दर्ता भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो –‘हामीले नयाँ ढंगले जाने संकल्प गर्यौँ । २०७७ साल चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर हामीले बिद्रोहको पहिलो बिगुल फुक्ने काम त्यहीँ गर्यौँ । बिद्रोहको त्यो बिगुल फुक्ने बेलामा हाम्रा कतिपय सहयोद्धाहरु सँगसँगै हुनुहुन्थ्यो । तर हामी सबैलाई थाहा छ, लामो यात्रामा जाँदाखेरी कोही बिचैमा थाक्दा रहेछन् । बिचैमा आँट उनको घट्दो रहेछ । अब थाक्ने थाकिरहन्छन् । आँट घट्ने घटिरहन्छन् । विभिन्न कारणले गर्दाखेरी अघि बढ्न नसक्नेहरु बढ्न सक्दैनन् । तर अगाडी बढ्नेहरु, लक्ष्य हासिल गर्न चाहानेहरु, क्रान्तिकारी दिशामा पार्टी लान खोज्नेहरु, पार्टीको क्रान्तिकारी रुपान्तरण गर्न चाहानेहरु त्यो दिशामा निरन्तर अगाडी बढिरहन्छन् ।   म आज तपाईँहरुलाई जानकारी गराउन चाहान्छु, अहिले हामीलाई साथ छोडेका कमरेडहरु आफै अगाडी सरेर अनेकौँ पार्टीहरु निर्वाचन आयोगमा दर्ता गरेर त्यो पार्टी अहिलेपनि ज्यूँदै छ । प्रमाण साक्षिको रुपमा ।  आज सहयोद्धामध्ये कतिपय मेरो साथमा हुनुहुन्न । ३२ सालका सहयोद्धाहरु कतिपय साथमा छैनन् । मालेकालका सहयोद्धाहरु कतिपय छैनन् । एमालेकालका सहयोद्धाहरु केही छैनन् । तर हाम्रो यात्रा निरन्तर रुपमा जारी रहेको छ । फेरी ति सहयोद्धाहरु यो यात्रामा समावेश हुन सक्नुहुन्छ । ति सहयोद्धाहरुको बारेमा मैले गुनासो गर्नुपर्ने केहीपनि छैन ।

अध्यक्ष नेपालले सबै वामपन्थी, लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ अध्यक्ष नेपालले आफुहरु वर्तमान सत्ता गठबन्धनमा सहभागी भएको भन्दै सरकारमा जानेपनि बताउनुभयो ।

उहाँले संक्षिप्तमा भन्नुभयो – ‘हामी अवश्यपनि सरकारमा सहभागी हुनेछौँ । पाँच दलीय गठबन्धन अगाडी बढ्नेछौँ ।

उहाँले आफुहरु विद्रोही चेतका साथ अगाडी बढ्ने बताउनुभयो ।  पुरानो लिकमा नजाने भन्दै अध्यक्ष नेपालले ओलीको संस्कार भन्दा भिन्न संस्कारको पार्टी बनाउने बताउनुभयो । आफुहरुको पार्टी माक्र्सवाद र जनताप्रति सर्मपित हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...