HomeFeatureदार्जीलिङमा भ्रामक खबर भाइरल गर्ने एक व्यक्ति पक्राउ, विदेशी नागरिक लिन बस...

दार्जीलिङमा भ्रामक खबर भाइरल गर्ने एक व्यक्ति पक्राउ, विदेशी नागरिक लिन बस आएको भनाई

दार्जीलिङ १५ अप्रेल

दार्जीलिङमा भ्रामक खबर भाइरल गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । शहरमा आज बिहानै हरियाणाको नम्बर प्लेट भएको एक बस देखिएको भीडीओ भाइरल भएपछि दार्जीलिङ सदर थानाका आइसी टीएस नाथले विदेशी पर्यटकलाई लिन बस आएको बताउनुभयो ।

जानकारीका अनुसार दुई जना स्पेन अनि एक जना पोर्तुगलका पर्यटकहरू लक डाउनको कारण एक महिनादेखि दार्जीलिङमा बिचल्ली परेर फसेका थिए। ती पर्यटकहरूले भारतमा अवस्थित आ-आफ्नो दूतावासमा सम्पर्क गरेका थिए ।  त्यसैको आधारमा पोर्तुगल अनि स्पेन दूतावासले भारत सरकारको अनुमति लिएर, सम्पूर्ण औपचारिकतासहित विचल्लीमा परेका आफ्नो नागरिकहरूलाई लैजान दार्जीलिङमा विशेष रुपले बस पठाएको थियो । हरियाणाको नम्बर प्लेट भएको उक्त बस दार्जीलिङ क्लब साइडमा राखिएको थियो ।  जुन बस दिल्लीबाट पठाइएको थियो। जुन बसको अन्तर राज्य पास पनि थियो । ती पर्यटकहरुलाई विशेष विमानबाट दिल्ली पुराएर पनि पोर्तुगल अनि स्पेन पठाउने काम भइसकेको छ । यो घटनाले गर्दा आइसी टीएस नाथले सञ्चारकर्मीहरू मार्फत जनतालाई अनुरोध गर्दै भन्नु भएको छ, अफवाहमा विश्वास नगर्नुहोस, अफवाह फैलाउन नदिनुहोस ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...