काठमाण्डौँ, 15 अप्रेल
चितवनमा 39 जनाको र्यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा 1 जनामा कोरोना पोजेटिभ देखिएको छ। गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट 39 जनाको आरडीटी टेस्ट गरिएकोमा 1 जनामा पोजेटिभ देखिएको हो। पोजेटिभ रिपोर्ट आएका मानिस 1 महिनाअघि विदेशबाट आएको गुञ्जमान सिंह अस्पतालले जनाएको छ।
अस्पतालले आजै थप 3 जनाको टेस्ट गरेर भरतपुर पठाएपनि रिपोर्ट आइनसकेको जनाएको छ। पोजेटिभ देखिएकाको स्वाबको नमुना लिएर पुन परीक्षणका लागि पठाएको समेत जनाइएको छ।









































