HomeFeatureदिल्लीमा गणतन्त्र दिवसमा किसानहरुको उग्र प्रदर्शन, कयौं स्थानमा पुलिस र प्रदर्शनकारीहरुको झडप

दिल्लीमा गणतन्त्र दिवसमा किसानहरुको उग्र प्रदर्शन, कयौं स्थानमा पुलिस र प्रदर्शनकारीहरुको झडप

दिल्ली, 26 जनवरी 2021

भारतमा गणतन्त्र दिवस परेडका क्रममा मंगलवार राजधानी दिल्लीका विभिन्न स्थानमा किसान प्रदर्शनकारी र पुलिसबिच झड़प भएको छ । प्रदर्शनका क्रममा ट्र्याक्टर पल्टिँदा ट्र्याक्टर चालक प्रदर्शनकारीको मृत्यु छ । कयौं स्थनमा भएका प्रदर्शनमा कयौं प्रदर्शनकारी, पुलिस र मिडीयाकर्मी पनि घाइते भएका छन ।

प्रदर्शनकारीहरु ठूलो संख्यामा ट्र्याक्टरका साथमा लाल किलाभित्र पसेर आफ्नो पहेलो रंगको झण्डा फहराएका थिए । त्यसैगरि दिल्लीको आईटीओमा पनि प्रदर्शनकारी किसानहरुले ट्र्याक्टरले पुलिस बैरिकेड तोडेका थिए  । उनिहरुलाई रोक्न पुलिसले किसानहरुमाथि लाठीचार्ज गरेको थियो । पुलिसले प्रदर्शनकारीहरुलाई तितर-बितर गर्नका लागि अश्रु ग्यास पनि प्रहार गरेको थियो । भीडलाई नियन्त्रण गर्ने क्रममा केही पुलिसकर्मी घाइते समेत भएका छन । प्रदर्शनकारीहरुले पुलिसकर्मीमाथि ट्र्याक्टर चढ़ाउने प्रयास पनि गरेका थिए  ।

झडपका क्रममा मीडियाकर्मीसहित कयौं प्रदर्शनकारीहरु पनि घाइते भएका छन । यद्धपी लामो समयदेखि किसान कानून फिर्ता गर्न माग गर्दै आन्दोतलमा रहेका किसानहरु दिल्लीका विभिन्न सीमामा रहेर आन्दोलन गरिरहेको भएपनि गणतन्त्र दिवसका दिन उनिहरु दिल्लीभित्र पसेर हिंसक प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरु एनएच-24 बाट ब्यारीकेड तोड्दै अक्षरधाम मन्दिर हुँदै दिल्ली पसेका थिए । त्यसैगरि करनाल बाईपासमा प्रदर्शनकारी किसानसँगै घोडसवार निहंगहरुले पुलिस बैरिकेड तोडेका थिए । नाङ्गलोईमा किसानहरुले उग्र प्रदर्शन गरेका छन ।

दिल्ली-मेरठ एक्सप्रेसवेमा पाण्डव नगरनजिक पनि प्रदर्शनकारी र पुलिसबीच झडप भएको छ । नोएडाको चिल्ला बोर्डरमा स्टंट गर्दा ट्र्याक्टर पल्टिएपछि 2 जना घाईते भएका छन । किसानहरुको ट्र्याक्‍टर ऱ्यालीमा हिंसा भएपछि दिल्लीका कयौं स्थानको इन्टरनेट सेवा बन्द गरिएको छ । आन्दोलन भइरहेका सम्पूर्ण सीमा क्षेत्रहरुमा राति 12 बजेसम्म इन्टरनेट सेवा बन्द गरिएको छ । दिल्ली मेट्रोले पनि किसानहरुको ट्र्याक्टर परेड अनि पुलिस र प्रदर्शनकारीहरुको झडपलाई मध्यनजर गर्दै कयौं स्टेशनहरुलाई बन्द गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...