नयाँ दिल्ली, 12 जुन 2020
भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणका कारण एक नेपालीको ज्यान गएको छ । दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको वडा नम्बर 9 सतासीधामका स्थायी वासिन्दाको मृत्यु भएको हो । उनको उमेर 49 वर्ष रहेको जनाइएको छ । जानकारीका अनुसार उनि पहाडगंज क्षेत्रमै परिवारका साथमा बसोवास गरिरहेका थिए । उनले प्राईम एक्सप्रेस नामले एक कुरियर कम्पनी चलाइरहेका थिए ।

गत 4 जुनदेखि स्वाथ्यमा समस्या देखिएका उनलाई 7 जुनमा उनका छोराले असहज भएपछि छेउँमै रहेको लेडीहार्डीङ अस्पताल लगेका थिए। तर सोहीदिन उनको अस्पतालमै मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना भएको पुष्टी भएको छ । उनको निधनपछि आँत्तिएका उनकी पत्नी र छोरा नेपाल पुगेका छन । उनको शव बुझ्ने कोही नहुँदा अन्तेष्टी हुन सकेको छैन । यद्धपी कोरोना संक्रमणले मृत्यु भएकाको शव परिवारलाई नसुम्पिए पनि प्रशासनले पारिवारिक सदस्यको रोहवरमा आफै अन्त्येष्टी गर्ने गर्दछ । अहिले शवको अन्तिम संस्कार गराउका लागि परिवारको स्वीकृती पत्र मगाउने काम भइरहेको परिवारको सम्पर्कमा रहेका कृष्ण गुरुङले बताउनुभएको छ ।









































