काठमाण्डौ, 11 जुन 2020
नेपाल सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीवार मन्त्रीपरिषद् बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्दै निजी सवारी साधनलाई जोरबिजोर प्रणालीबाट चल्न दिइने बताउनुभएको छ । सरकारी कार्यालय भने २ सिफ्टमा सञ्चालन गरिनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र अर्को सिफ्ट दिउँसो १ बजेपछि ६ बजेसम्म हुनेछ । यसैगरी, बैंक, बिमा र सहकारीहरु पनि सञ्चालन गरिनेछ ।
तत्काललाई शैक्षिक संस्थाहरु नखोलिने भनिएको छ भने अन्य व्यापार व्यवसायहरु खुला गरिनेछ । शपिङ मलहरु भने अहिले खुला नगर्ने निर्णय भएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।









































