HomeFeatureदिल्लीमा लकडाउनले भोकै नेपालीहरुको पेट भर्ने प्रयास जारी, एकै दिन 139 जनालाई...

दिल्लीमा लकडाउनले भोकै नेपालीहरुको पेट भर्ने प्रयास जारी, एकै दिन 139 जनालाई खाना खुवाईयो

नयाँ दिल्ली,  4 मार्च

अखिल भारत नेपाली एकता मंचले लकडाउनका कारण समस्यामा परेका झण्डै 42 नेपाली परिवारका 139 जनालाई खाना खुवाएको छ। मञ्चका युवा नेता आरबी खड्काको नेतृत्वमा केन्द्रीय सदस्य  सूर्य रानालगायत पश्चिम दिल्लीको टोली र नेपाली तथा भारतीय स्थानीय संघ-संस्थाको पहलमा उनिहरूलाई खाना खुवाईरहेको हो। रोजगारीको सिलसिलामा भारतको विभिन्न स्थानमा पुगेका नेपाल सुदूरपश्चिमका विभिन्न जिल्लाहरू डडेल्धुरा, अछाम, बैतडी, बझाङ, बाजुरा, दार्चुला, डोटी तथा तनहू र सिरहाका  झन्डै 164 परिवार कोरोना भाईरस प्रकोप नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अलपत्र परेका थिए। ती मध्ये दिल्लीको पंजाबीबाग, शकूरपुर, शालीमार बाग र आजादपुर अलपत्र परेका नेपालीहरूलाई खानपिनको समस्या भएको खबर पाएपछी आज  42 परिवारका  स-साना बालबालिकासहित 169 जनालाई शकरपुर र सालीमार बागमा उनिहरूको घर-घर पुगेर खाना खुवाईएको मंचका आरबी खड्काले जानकारी दिनुभयो।

उनिहरूलाई बस्ने व्यवस्था भएको तर खाने व्यवस्था नभएको युवा नेता खड्काले बताउनुभयो। अहिलेसम्म लकडाउनका कारण समस्यामा परेका 700/800 नेपालीहरूलाई अखिल भारत नेपाली एकता मंचका आरबी खडकाको नेतृत्वमा खाद्यान्नको सहयोग गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...