HomeFeatureदिल्ली विश्वविद्यालयमा नेपाल-भारत मैत्री वृक्ष-रोपण, दुवै देशका युवाहरुले दिए नेपाल-भारत मित्रताको सन्देश

दिल्ली विश्वविद्यालयमा नेपाल-भारत मैत्री वृक्ष-रोपण, दुवै देशका युवाहरुले दिए नेपाल-भारत मित्रताको सन्देश

नयाँ दिल्ली, 30 जुलाई 2020

प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिसँगै नेपाल-भारतबिच विवाद थप बढेका बेला आज भारतको राजधानी नयाँ दिल्लीमा दुवै देशका युवा-विद्यार्थीहरुले मिलेर मित्रतामा कुनै असर नपरेको सन्देश दिएका छन । अन्तर्राष्ट्रीय मैत्री दिवसको अवसरमा बिहीवार दिल्ली विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थी र भारतीय विद्यार्थीहरुले मित्रताको प्रतिक स्वरुप वृक्षारोपण गरेका छन ।

भारतको राजधानी दिल्लीमा गरिएको यो कार्यक्रमले फेरि एक पटक के देखाएको छ भने, राजनीतिक र कुटनीतिक रुपमा जस्तोसुकै विवाद भएपनि त्यसले 2 देशको मित्रतामा खाशै फरक पार्दैन ।

नेपाली विद्यार्थी एसोसिएशन दिल्ली विश्वविद्यालय NSADU र  छात्र संघ दिल्ली विश्वविद्यालय DUSU को संयुक्त पहलमा दिल्ली विश्वविद्यालयको आर्टस् फेकल्टी (कला संकाय) को प्राङ्गणमा नेपाल-भारत मित्रताको प्रतिकका रुपमा वृक्षारोपण गरिएको हो । नेपाल-भारतका युवाहरुबिचको सम्बन्धलाई सुदृढ गर्ने र मित्रतालाई थप प्रोत्साहन गर्ने पहल स्वरुप कार्यक्रम गरिएको नेपाली विद्यार्थी एसोसिएशन दिल्ली विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको प्राङ्गणमा आउने जुनसुकै देशका विद्यार्थीहरुले पनि नेपाल-भारत मैत्री वृक्ष देखेर दुवै देशको मित्रतालाई बुझ्ने कार्यक्रममा सहभागी नेपाल भारतका विद्यार्थीहरुको भनाई रहेको थियो ।

समारोहमा दुवै देशमा पवित्र मानिने “पाम र पीपल” को रूखहरू रोपिएका थिए ।

NSADU का अध्यक्ष रेशम कुमार गैरेको अध्यक्षतामा भएको कार्यक्रममा NSADU का सल्लाहकार एंव WOSY का पूर्व अन्तर्राष्ट्रिय सचिव सन्दीप राना र र दिल्ली विश्वविद्यालयका अनुसन्धान स्कोलर आनन्द श्रीवास्तव प्रमुख अतिथिका रुपमा उपस्थित रहनुभएको थियो । त्यसैगरि समारोहमा DUSU का अध्यक्ष अक्षित दहिया, उपाध्यक्ष प्रदीप तंवर, संयुक्त सचिव शिवांगी खरवाल, DUSU विदेश विभागकी अध्यक्ष प्रमिशा लुइँटेल, NSADU सल्लाहकार एंव पूर्व अध्यक्ष आनन्द मिश्रा, दिल्ली विश्वविद्यालयकी छात्रा श्रीजीति अधिकारी लगायतको उपस्थिति रहेको थियो । समारोहमा दुवै देशका युवाहरुले परापूर्वकालदेखि नेपाल-भारतबिच भौगौलिक, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेकाले त्यति सहजै सम्बन्ध नबिग्रने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...