नयाँ दिल्ली, 30 जुलाई 2020
भारतको केन्द्र सरकारले अनलक 3 अन्तर्गत अधिकांश प्रतिवन्धहरुमा छूट दिएपछि दिल्ली सरकारले पनि अर्थव्यवस्थालाई खोल्दै थप छूट दिएको छ । दिल्लीमा कोरोना महामारीको गति सुस्त भइरहेका बेला दिल्ली सरकारले मानिसहरुलाई थप राहत प्रदान गरेको छ । सरकारले रात्रीकालीन कर्फ्यू हटाउँदै होटल, आतिथ्य सेवा र सडक व्यापारलाई पनि अनुमति दिएको छ । सरकारले अबदेखि साप्ताहिक बजारलाई पनि अनुमति दिएको छ । दिल्ली सरकारले ट्रायलको आधारमा साप्ताहिक बजारलाई एक सप्ताहका लागि सामाजिक दूरी र अन्य आवश्यक सावधानी अपनाएर काम गर्ने अनुमति दिएको छ ।
अरविन्द केजरीवाल सरकारले केन्द्र सरकारद्वारा जारी अनलक-3 को दिशा-निर्देश अन्तर्गत दिल्लीको अर्थव्यवस्था खोल्नका लागि महत्वपूर्ण निर्णय लिएको हो । भारतको राजधानी दिल्ली कोरोना महामारीका अब धेरै कम संक्रमण फेला परिरहेको छ । भने निको हुने विरामीको संख्या धेरै छ । अब दिल्लीमा 1 हजारको संख्यामा संक्रमण फैलिरहेको छ भने त्यसको तुलनामा निको हुने दर 89.07 प्रतिशत छ । अहिलेसम्म दिल्लीमा संक्रमित हुनेको संख्या 1 लाख 34 हजारभन्दा धेरै रहेकोमा अहिले 10 हजार 743 मामिलाहरु मात्रै सक्रीय छन ।









































