HomeFeatureदुबईमा जारी विश्व मेलामा नेपाल 'डे'

दुबईमा जारी विश्व मेलामा नेपाल ‘डे’

काठमाडौं, 5 फरवरी 2022

दुबईमा जारी विश्व मेलामा नेपाल ‘डे’ मनाइएको छ ।  यूएई सरकारले नेपालको तर्फबाट यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल विशेष उपस्थितिमा सम्मान स्वरूप नेपाल डे’ मनाएको हो । नेपालको सम्मान स्वरूप मनाइएको नेपाल डे’ मा नेपालको तर्फबाट यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले सम्बोधन गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई गरेको सहयोग सधैँ उल्लेख्य भएको बताए । राजदूत ढकालले भूकम्पजस्तो प्राकृतिक प्रकोप तथा कोरोना महामारीको समयमा यूएईले गरेको सहयोग सधैँ सम्झन योग्य रहेको समेत उल्लेख गरे । २ लाख ५० हजार नेपाली नागरिकहरूलाई रोजगारीको साथै नेपालको विभिन्न क्षेत्रमा यूएईले गरेको लगानी र कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन गरेको प्रयासको राजदूत ढकालले खुलेर प्रशंसा समेत गरे । कार्यक्रममा यूएईका विदेश तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्ध सहायक मन्त्री ज्याकुब युसुफ अल हुसेनीले पनि सम्बोधन गरेका थिए। उनले नेपाल र यूएई सम्बन्ध थप बलियो भएको बताए। एक्स्पो २०२० (विश्व मेला) मा सहभागी राष्ट्रलाई सम्मान स्वरूप सम्बन्धित राष्ट्रका राष्ट्रप्रमुख वा सरकारका विशेष प्रतिनिधिको उपस्थितिमा हरेक दिन विभिन्न देशको विशेष दिनको रूपमा मनाउँदै आएकोमा गत बिहीबार नेपाल डे मनाएको हो।कार्यक्रममा राजदूत ढकालसहित नेपाली कूटनीतिक प्रतिनिधिहरू नेपाल आदिवासी जनजाति महासंघ यूएई अन्तर्गतका विभिन्न जातीय संस्थाहरूले निकालेको बाजागाजा र झाँकीसहित एक्स्पो स्थलमा सहभागी भएका थिए। नेपाललाई सम्मान स्वरूप आयोजना गरिएको नेपाल डे कार्यक्रम नेपाल र यूएईको झण्डोत्तोलन र राष्ट्रिय धुन बजाएर सुरु गरिएको थियो, भने नेपालबाट आएका सांस्कृतिक संस्थानका कलाकारहरूले नेपालको सांस्कृतिक विविधता झल्कने सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...