HomeFeatureभारतीय सिनेमाकी स्वर कोकिला लता मंगेशकरको निधन

भारतीय सिनेमाकी स्वर कोकिला लता मंगेशकरको निधन

दिल्ली, 7 फरवरी 2022

भारतीय सिनेमाकी स्वर कोकिला लता मंगेशकरको निधन भएको छ । उनलाई एक महिना अघि कोरोना संक्रमणपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । 6 फरवरी आइतबार बिहान ८ बजेर १२ बजेर अन्तिम सास लिइन् । सन् १९४३–४४ आसपास कोल्हापुरमा एउटा फिल्मको सुटिङ चलिरहेको थियो र त्यतिबेलाकी चर्चित गायिका नुरजहाँ आफ्नो गीतको रेकर्डिङका लागि त्यहाँ आएकी थिइन् । त्यसै फिल्ममा एउटी बालिकाको पनि अभिनय रहेको थियो ।फिल्मका निर्माताले नुरजहाँलाई बालिकाको परिचय गराउँदै भने, ‘यिनी लता हुन् र उनी गाउँछिन् पनि ।’ नुरजहाँले भनिन्, ‘राम्रो, केही गाएर सुनाउ त ।’ लताले शास्त्रीय सङ्गीतले सजिएको एउटा गीत सुनाइन् । नुरजहाँ सुनिरहिन् र लताले गाइरहिन् ।बालिकाको गीत सुनेर खुसी भएकी नुरजहाँले ‘असाध्यै राम्रो गाउँदो रहेछौ, रियास मात्रै गरिराख, धेरै माथि पुग्नेछौ । ’ रोजी रोटीका लागि फिल्ममा सानोतिनो भूमिका निभाउने यी बालिका पछि गएर सुरकी मल्लिका लता मंगेशकर बनिन् ।यहाँ गीतकार–निर्देशक गुलजारले भनेको एउटा कुरा याद आउँछ – लता एक गायिका मात्रै होइनन्, उनी हरेक हिन्दुस्तानीको दैनिक जीवनयापनको हिस्सा बनिसकेकी छिन्।

लेखिका नसरिन मुन्नी कबिरले लता मंगेशकरसँग अन्तरवार्ता लिएर एउटा किताब लेखेकी थिइन् । किताबमा एउटा गीतको रेकर्डिङको कुरा गर्दै लताले भनेकी छिन्, ‘सन् १९६२ मा म एक महिनाका लागि बिरामी भएकी थिएँ । मेरो पेटको एक्सरे लिइयो र मलाई मन्द विष खुवाइएको बताइयो । हाम्रो घरमा खाना बनाउने एकजना मात्रै सहयोगी थिए । त्यसदिन ती सहयोगीले केही नभनी घरबाट निस्किए । पैसा पनि लिएनन् ।’

‘त्यतिबेला मलाई लाग्यो कि कसैले उनलाई हाम्रो घरमा राखिदिएका थिए । ऊ को थिए, मलाई थाहा छैन । तीन महिनासम्म म थला परेँ । त्यतिबेला मजरुह साहबले मलाई सहयोग गरे । उनी दिनदिनै बेलुका घर आउँथे र तीन महिनासम्म यो सिलसिला जारी रह्यो । म जे खान्थेँ, उनले पनि त्यहि खान्थे ।’

सङ्गीतको दुनियाँमा लताको यो यात्राले सफलताको शिखर छोएपनि यो संघर्ष, तिरस्कार र समस्याले भरिपूर्ण रह्यो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...