HomeFeatureदेशभर थपिए ३,०४२ जना कोरोना संक्रमित, २६ जनाको मृत्यु

देशभर थपिए ३,०४२ जना कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाण्डौ, 20 अगस्त 2021

नेपालमा थप ३,०४२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको कुल परीक्षणको १७.२३ प्रतिशतमा संक्रमण पुष्टि भएको मन्त्रालयले पुष्टि गरेको छ। पछिल्लो २४ घण्टामा १० हजार ५३० आरटी-पीसीआर परीक्षण र सात हजार १२४ एन्टिजेन परीक्षण भएको छ। जसमध्ये आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ७९ जना र एन्टिजेन परीक्षणका क्रममा ९६३ जना कोभिड-१९ संक्रमित पहिचान भएका हुन्। यससँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ८ लाख २३ हजार ६४७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २४४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। यससँगै हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको संख्या ९३.१८ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै पछिल्लो २४ घण्टामा २६ जना कोभिड-१९ सं‌क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ। यो कुल संक्रमितको १.५ प्रतिशत हो। नेपालमा हाल कुल संक्रमितको ५.४२ प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा ३६ हजार ९२२ संक्रमित होम आइसोलेसनमा र तीन हजार २८७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। सक्रिय संक्रमित मध्ये ७१४ जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। जसमध्ये १७१ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...