HomeFeatureदेश र जनताको अपेक्षा अनुसार तीव्रताका साथ काम गर्न देउवाको निर्देशन

देश र जनताको अपेक्षा अनुसार तीव्रताका साथ काम गर्न देउवाको निर्देशन

काठमाडौं, 5 जनवरी 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताको अपेक्षा अनुसार तीव्रताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।  बुधबार सिंहदरबारमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले जनतालाई दिनुपर्ने सेवा सुविधालाई मध्यनजर गर्दै तीव्रताका साथ काम गर्न निर्देशन दिनुभएको हो । मुलकको बिकास निर्माणका काम र सरकारले दिनुपर्ने सेवा सुविधाहरुलाई तीव्रताका साथ अघि बढाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका लागि सरकार चनाखो हुनुपर्ने पनि बताउनुभएको थियो । त्यस्तै हालै अर्थतन्त्रमा देखिएका समस्याहरु सनातन भएको भएपनि समाधानका उपाय खोज्दै मुलुकलाई बिकासको बाटोमा अघि बढाउन निर्देशन दिनुभएको प्रवक्ता कार्कीले बताउनुभयो । छलफल अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा प्रधानमन्त्रीले जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...