HomeFeatureसंसदमा देखिएको गतिरोध हटाउनका लागि पहल गर्न आग्रह

संसदमा देखिएको गतिरोध हटाउनका लागि पहल गर्न आग्रह

काठमाडौं, 6 जनवरी 2022

सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदमा देखिएको गतिरोध हटाउनका लागि पहल गर्न आग्रह गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समिति बैठकले सहमति र सम्झौताका साथ सहमतिको बिन्दु खोज्दै सदनको अवरोध खोल्न आग्रह गरेको हो । बैठकपछि समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध, अदालतको समस्या, एमसीसीको बिषय लगाएतमा सहमति खोज्न आग्रह गरिएको जानकारी दिनुभयो । मुलुकमा देखिएको गतिरोध अन्त्य गर्न १६ बुदे सुझाव बैठकमा पेश गरेको र शुक्रबारदेखि त्यसमा छलफल हुने उहाले बताउनुभयो । उहाले प्रधानमन्त्रीलाई प्रतिपक्षी दलका नेतासंग कुरा गर्न पनि अनुरोध गरिएको जिकिर गर्नुभयो । त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना दिदै भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिएको छ । बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्दै यादव लगाएतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...