HomeFeatureदेश विकासको जिम्मा लिँदै प्रधानमन्त्री ओलीद्वारा राम्रो मानिसलाई जिताएर पठाउन आग्रह

देश विकासको जिम्मा लिँदै प्रधानमन्त्री ओलीद्वारा राम्रो मानिसलाई जिताएर पठाउन आग्रह

कैलाली, 8 जनवरी 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा राम्रो मानिसलाई जिताएर पठाउन आग्रह गर्दै देश विकास गर्ने जिम्मा आफूले लिने बताउनुभएको छ । आउँदो वैशाखमा जसरी पनि चुनाव भएरै छाडने भन्दै निर्नाचनको तयारीमा लाग्न सम्पूर्णमा आग्रह गर्नुभयो । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ओली समूहको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक र कानुनी रूपमा प्रतिनिधि सभा पुनर्स्थापना सम्भव नरहेको भन्दै आउँदो वैशाख १७ र २७ गते चुनाव हुने विश्वास व्यक्त गर्नुभयो । तोकिएकै मितिमा चुनाव हुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनको अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

उहाँले तीन करोड नेपालीमा दुई सय ६५ जना अलग हुँदा आफूलाई कुनै फरक नपर्ने पनि बताउनुभयो । उहाँले सुदूरपश्चिमबाट प्रचण्ड–माधव समूहलाई अबको चुनावमा १० सिटमात्र जितेर देखाउन पनि चुनौती दिनुभयो । प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूको आलोचना गर्दै उनीहरूले झुक्याएर राजनीति गरिरहेको पनि आरोप लगाउनुभयो । पार्टी छाडेर हिँडेका भगौडाको कुरा नसुन्न पनि उहाँको आग्रह छ । उहाँले भ्रमको खेती गरेर कोही अघि बढ्न नसक्ने भन्दै नागरिक सचेत भइसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूभाग भएकाले त्यसलाई फिर्ता लिने प्रतिबद्धता जनाउनुभयो । नयाँ नक्सा प्रकाशन भएपछि केहीलाई पिर परेको समेत भन्नुभयो । प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पछाडी परेको भन्दै प्रदेशको विकासका लागि लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा विकास गरिरहेको, अत्तरिया–धनगढीबाटो चाँडै सम्पन्न भइरहेको, विमानस्थलको क्षमता वृद्धि गर्ने काम अघि बढिरहेको र गौरीफन्टा नाका विस्तार गर्न भारतसँग कुरा भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...