HomeFeatureदैनिक 5 सय नेपालीलाई खाना खुवाउन सक्षम भएका छौंः आरबी खडका

दैनिक 5 सय नेपालीलाई खाना खुवाउन सक्षम भएका छौंः आरबी खडका

नयाँ दिल्ली, 13 अप्रेल

अखिल भारत नेपाली एकता मञ्चका युवा नेता आरबी खड्काले भारतीय भाइचारा,  प्रवासी नेपाली संगठन र केही भारतीय नेताहरूको सहयोगमा दिल्ली वरपर रहेका 500 नेपालीहरूलाई दैनिक रुपमा बिहान-बेलुकाको खाना खुवाउन सक्षम भएको बताउनुभएको छ। अहिले पटेल नगर, पहाजगंज, ओखला, गोविन्दपुरी, छत्तरपुर लगायतका स्थानमा 3 सय जनालाई खाना खुवाउने कामहरु भइरहेको भन्दै खड्काले अब भने दैनिक 5 सय जनालाई खाना खुवाउन सक्षम भएको बताउनुभयो ।

उहाँले अखिल भारत नेपाली एकता मञ्चको पहलमा अल इण्डिया युनियन ट्याक्सी एसोसिएशन भारतका अध्यक्ष संजय सम्राट, सुपा देउराली टूर एण्ड ट्राभल्स, तुलाराम शर्मा, शोभाखर पन्थी, कृष्णा पौडेल लगायत भारतीय भाईचारामा सहयोग वितरण गरिएपनि लकडाउनका कारण विभिन्न स्थानमा गरिएका कडाइका कारण सबै स्थानमा पुग्न नसकिएको बताउनुभयो ।

दिल्लीमा आम आदमी पार्टीका केही विधायक, भाजपाका नेता र निगम पार्षदहरुसँग समन्वय भइरहेको र उनिहरुले आ-आफ्नो क्षेत्रमा आफ्ना नागरिक सरह नेपालीहरुलाई सहयोग गर्ने आश्वासन दिएको खड्काको भनाई छ । त्यसैगरि अहिलेको अवस्थामा कुनै नेपालीहरु विरामी परे उनिहरुको सहज उपचारका लागि केही अस्पतालहरुसँग पनि कुराहरु भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...