HomeFeatureसरकारद्वारा अत्यावश्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था

सरकारद्वारा अत्यावश्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था

काठमाण्डौँ, 13 अप्रेल

सरकारले कोभिड–19 रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवस्थमा अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने भएको छ। गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी अति आवश्यक अवस्थाका लागि अनलाइन मार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको हो। पत्रकार सम्मेलनमा गृह मन्त्री रामबहादुर थापा (बादल) ले सामाजिक दुरी कायम गर्न देशभर लकडाउन गरिएको अवस्थामा अत्यावस्यक कार्यको लागि बाहिर निस्कन परेमा पास लिन सहज होस भन्ने उद्देश्यले ई–पासको व्यवस्था गरिएको बताउनुभयो। उहाँले अनलाइन प्रणालीमार्फत ई–पास दिने व्यवस्था गरिएपनि सरकारले सकेसम्म कम पास वितरण गर्ने नीति लिएको बताउनुभयो। उहाँले अत्यावस्यक काम परेकाहरुलाई मात्रै पास दिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिनुभयो।

मंगलबारदेखि सुरु हुने यो सेवा www.epass.moha.gov.np मा उल्लेख भएका विवरणहरु भरेर लिन सकिने छ। गृह मन्त्री थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले ई–पासको व्यवस्था गरेको भन्दै अति आवश्यक काम परे मात्र विवारण भर्न आग्रह गर्नुभयो। ई–पास लिनका लागि व्यक्तिगत विवरण, सवारी साधनको विवरण स्पस्टसँग खुलाउनुपर्ने छ। यस्तै परिचयपत्र अपलोड गर्नुपर्ने छ भने ई–पास आवस्यक पर्नुको कारण र अवधि खुलाउने पर्ने छ। यसबाहेक अस्पतालको कागज, कार्यालयको सिफारिस, मृत्यु खुल्ने कागजात वा तस्बिर समेत अपलोड गर्न सकिने छ। दुर्गम जिल्लाहरु र इन्टरनेटको पहुँच नभएका ठाउँमा भने पुरानै विधिबाट समेत पास लिन सकिने व्यवस्था कायमै राख्ने गृहमन्त्री थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...