HomeFeatureनव निर्वाचित पत्रकार महासंघको केन्द्रीय समितिलाई भारत शाखाद्वारा शुभकामना

नव निर्वाचित पत्रकार महासंघको केन्द्रीय समितिलाई भारत शाखाद्वारा शुभकामना

नयाँ दिल्ली, 14 अप्रिल 2021
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निर्वाचन भर्खरै सम्पन्न भएको छ । राज्यको चौथो अंगको रुपमा परिचित संचारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक साधारण सदस्यहरुसम्मले प्रत्यक्ष रुपमा देशैभरी केन्द्र, प्रदेश र जिल्ला स्तरमा निर्वाचन मार्फत समिति गठन गरेका छन् । यसरी पत्रकारहरुले देशको लोकतान्त्रिक व्यवस्थालाई व्यवाहारिक रुपमा संस्थागत गरेका छन् ।

नेपाल पत्रकार महासंघमा आधिकारिक रुपमा करिव १३ हजार भन्दा बढी सदस्यहरु रहेको सो संस्थामा साझा प्यानलले “पेशागत हकहित र श्रमजिवी पत्रकारहरुको पक्षमा अमूल्य मतदान” भन्ने मूल नाराका साथ भाग लिंदै चुनावमा “श्रमजिवी पत्रकारहरुको संस्थामा श्रमजिवी कै नेतृत्व” भन्ने उद्घोषका साथ चुनावको मैदानमा उत्रिएको थियो ।

महासंघको सो चुनावमा विपुल पोख्रेलको नेतृत्व रहेको ११ संगठनहरुको साझा प्यानल अत्याधिक मतको साथ विजय भएको छ । त्यो बाहेक अधिराज्यका विभिन्न जिल्ला तथा प्रदेशहरुमा साझा प्यानलले उत्साहजनक विजय प्राप्त गरेको छ ।

हामी महासंघको निर्वाचनमा विजय प्राप्त गर्ने सबै पदाधिकारी तथा सदस्यहरुले श्रमजीवी पत्रकारहरुको हक अधिकारको रक्षा गर्दै समाजको प्रगतिशील रुपान्तरणको लागि पनि महत्वपूर्ण भूमिका निभाउन कलम चलाउन सशक्त रुपमा अगाडि बढोस् यहि शुभकामना सहित सबै विजेताहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...