HomeFeatureनागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने 2 वटा विधयेक दफावार छलफलका लागि समितिमा...

नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने 2 वटा विधयेक दफावार छलफलका लागि समितिमा पेश

काठमाण्डौँ, 13 मई 2020

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका 2 वटा विधेयक छलफलका लागि संसदीय समितिमा पेश भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले बुधबार राष्ट्रिय सभाको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक-2076 र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक-2076’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने गरी पेश गर्नुभएको हो। विधेयकमा अहिले विद्यमान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फरक फरक संस्था बनाउने व्यवस्था गरिएको छ। सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने तयारीका साथ विधेयक ल्याएको हो।

विधेयक आएपछि हवाई क्षेत्रको नियमन ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ (क्यान) ले गर्ने छ, भने हवाई सेवा प्रदान ‘नेपाल हवाई सेवा प्राधिकरण’ (आसान) ले गर्नेछ। नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई सेवा प्राधिकरण ऐन लागू भएपछि हवाई सेवा सम्बन्धी कानून विश्व परिवेश अनुसार हुने दावी मन्त्री भट्टराईको छ।

नेपालको उड्डयन क्षेत्रलाई सेवाप्रदायक र नियामक बनाउन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले सन 2009 देखि नै नेपाल सरकारलाई सुझाव दिएको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनकै मार्गनिर्देशनमा प्राधिकरणलाई विभाजन गरी कामका आधारमा छुट्याउन आइकाओ र क्यानबीच गत वर्ष सम्झौता भएको थियो।

सन् 2013 देखि नेपालको हवाई उड्डयन क्षेत्रलाई यूरोपेली युनियन (ईयू) ले कालो सूचीमा राख्दै आएको छ। नेपालको हवाई उड्डयन सेवालाई स्तरीय, सुरक्षित र विश्वसनिय बनाउन र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विमानस्थल तथा एयर नेभिगेसन सेवा सञ्चालन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना गर्ने प्रस्ताव विधेयकमा छ। नेपाल हवाई सेवा प्राधिकरणले हवाई सेवा सम्बन्धी एरोनेटिक चार्ट तयार गरी लागू गर्ने, उडान सूचना दिने, मौसम सम्बन्धी सूचना प्रवाह गर्ने, उडान तालिका स्वीकृत गर्ने, खोज तथा उद्धारमा समन्वय गर्ने लगायतका कार्यहरू गर्ने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भने वायुसेवाको नियमन मात्रै गर्ने छ।

अहिले नागरिक उड्डयन प्राधिकरण हवाई क्षेत्रको नियमक निकायको रुपमा रहेको छ। ‘नागरिक उड्डयन ऐन-2053’ अनुसार प्राधिकरण सञ्चालित छ। नयाँ विधेयक कार्यान्वयनमा आएपछि एउटै निकायले गर्दै आएको कामलाई दुई निकायमा बाँडफाँड हुने छ। अहिले नागरिक उड्डयन प्राधिकरणले हवाई उडान, सञ्चार, हवाई पथ प्रर्दशन र हवाई परिवहन सम्बन्धी काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...