काठमाडौं, 6 जनवरी 2022
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ बिमानस्थलका बिषयमा बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरिय वा मन्त्रीपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताउनुभएको हो । उहाले एकपटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पार्नुभयो ।









































