HomeFeatureनेकपाको अन्तरद्वन्दलाई काँग्रेसले नजिकबाट नियाल्दै, तर भूमिका खोज्ने पक्षमा छैन

नेकपाको अन्तरद्वन्दलाई काँग्रेसले नजिकबाट नियाल्दै, तर भूमिका खोज्ने पक्षमा छैन

काठमाण्डौ, 5 जुलाई 2020

नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीभित्रको अन्तरद्वन्दलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई काँग्रेसले नजिकबाट हेरिरहेपनि पार्टीको आवश्यकताको विषय नभएको काँग्रेसले जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भएपनि कुनैपनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने , प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो । हामी यो विषयसँग निरपेक्ष छौँ । तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कारले, जिम्मेवारीले दिँदैन । त्यो कुरामा अहिले छैनौँ ।’’

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रशंगमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गर्नुभएको र विधेयकहरुको विषयमा आफ्नो धारणा राख्नु भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले भेटौँ भनेर आग्रह गर्दै टेलिफोन गरेपछि प्रतिपक्षी दलको नेताले तपाईलाई हटाउने जस्तो कुरा आइरहेको छ । हाम्रो तपाईसँग एक ढंगको असहमति छ । तपाईसँग विवाद पनि छ । अनेक विधेयक ल्याएर तर्पाइले उनेक उधुम मच्चाउनुभएको थियो । त्यसैले म तपाईलाई भेट्न आउँदिन भन्नुपर्ने थियो भन्ने अपेक्षा कुनै पनि कांग्रेसका नेताहरुले गरेका छैनन् । तर भेटमा के भयो भन्ने कुरा प्रमुख हो ।’’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...