HomeFeature२ दशकको प्रतिक्षापछि मेलम्चीको सुरुङमा परीक्षणका लागि पानी पठाईयो, घरमा कहिले पुग्छ...

२ दशकको प्रतिक्षापछि मेलम्चीको सुरुङमा परीक्षणका लागि पानी पठाईयो, घरमा कहिले पुग्छ ?

 

काठमाण्डौ, 5 जुलाई 2020

मेलम्चिको पानी परीक्षणका लागि सुरुङभित्र पठाउन सुरु गरिएको छ । सुरुङमार्गको निर्माण सम्पन्न भएपछि परीक्षणका लागि आजबाट पानी पठाइएको हो । आज विहान 9 बजेर 45 मिनेटमा अस्थायी बाँधबाट डाइभर्सन गरी सुरुङमार्गमा पानी प्रवाह सुरु गरिएको हो । २ दशक लामो प्रतिक्षालाई समाप्त पार्दै सुरुङ मार्ग परीक्षण थालनिसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको आयोजना प्रमुख तिरेश खत्रीले बताउनुभयो । परीक्षणका लागि सुरुमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी प्रवाह गरिएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पानी प्रवाहको प्राविधिक व्यवस्था गरिउको उल्लेख गर्दै उहाँले २६ किलोमिटरको सुरुङ भर्न २० दिनसम्म समय लाग्ने बताउनुभयो । पूर्ण रुपमा भरिएको सुरुङ १० दिसम्म यथास्थितिमा राखिने छ । पानी भरिएकै दरमा खालि गर्न पुनः २० दिनको समय लाग्ने पनि उहाँले बताउनुभयो । सुरुङ खाली भएपछि सुरुङको अवस्थाको परीक्षण गर्न ७ दिन लाग्ने छ । त्यसमा कुनै समस्या देखिएमा ७ दिनभित्र काम सम्पन्न गरिने उहाँले बताउनुभयो । त्यसपछि नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा पानी पथान्तरण गरी नियमित रुपमा काठमाडौंका लागि उपलब्ध हुने उहाँले बताउनुभयो ।

खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले परीक्षणसँगै मेलम्चि आयोजनाका विषयमा उठ्ने गरेका सम्पूर्ण प्रश्नहरुको उत्तर मिलेको बताउनुभयो । मेलम्चि आयोजना निर्माणका क्रममा प्राकृतिक, सामाजिक र राजनीतिक रुपमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आयोजनाको काम सम्पन्न गरेर आजबाट पथान्तरणको काम सुरु भयो । आवश्यक ट्ष्टिङ प्रक्रिया सकेर उद्घाटनको मिति तय गर्ने छौँ । मिति तय गरेर छिट्टै घर घरमा पानी पुरयाउने छौँ ।’’

निर्माण कम्पनीसँग गरिएको सम्झौताको म्याद पुस मसान्तसम्म रहेको छ । निर्माण काम निर्धारित समयभन्दा पहिले नै सकिने विश्वास लिइएको छ । खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो । अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सोमबार सुरुङमार्गतर्फ पानी पठाइँदैछ । सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...