HomeFeatureनेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबिच भिडियो कन्फ्रेन्स, सम्बन्ध मजबुत बनाउनेमा जोड

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबिच भिडियो कन्फ्रेन्स, सम्बन्ध मजबुत बनाउनेमा जोड

काठमाण्डौ, 19 जुन 2020

सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फ्रेन्समा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताउनुभएको हो । कन्फ्रेन्समा सहभागि नेकपा केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार अध्यक्ष दाहाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल एक चीन नीतिको पक्षमा स्पष्ट रहेको बताउनुभएको हो । दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै अहिलेको चुनौतीको सामना गर्न दुई पार्टीबीचको सम्बन्ध पनि मजवुत हुनुपर्ने कुरा कन्फ्रेसमा भएको उहाँले बताउनुभयो ।

नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भूसालले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुभकामना आदान प्रदान गर्न कन्फ्रेन्सको आयोजना भएको बताउनुभयो । कन्फ्रेन्समा चीनले तिब्बतमा गरेको विकासको मोडल, दुई देशको सम्बन्ध र दुई पार्टीको सम्बन्ध कसरी सुमधुर बनाउने भन्ने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो । कन्फ्रेन्समा नेपालको तर्फबाट अध्यक्ष दाहाल, उपप्रधानमन्त्री पोखरेल, स्कुल विभाग उपप्रमुख बेदुराम भूसाल लगायतका नेताहरुको सहभागिता थियो । चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र तिब्बत विभाग सचिव यु याङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...